मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

फोरेक्स जापानको प्रबिधि मैत्री डिजिटल सेवा विस्तार

फोरेक्स जापानको प्रबिधि मैत्री डिजिटल सेवा विस्तार

“दुःखको कमाई ढुक्कले पठाउँ" भन्ने मुल नारा सहित जापान बाट नेपाल लगायत बिश्वका विभिन्न देशमा रेमिट सेवा प्रदान गर्दै आईरहेको फोरेक्स रेमिटले डिजिटल प्लेटफर्महरूलाई विस्तार गरेको छ । केही समय पहिले मात्र मोवाईल एप्लिकेशनबाट समेत सेवा शुरू गरेको कम्पनीले दुई ओटा नयाँ फीचरसहित डिजिटल वालेट सेवा शुरू गरेको छ ।सेवाहरूलाई सरल र सहज रूपमा ग्राहक माझ पुगोस भन्ने उद्देश्यले एउटै प्येटफर्मबाट विविध सेवा प्रदान गर्न लागीएको कंपनीका डाइरेक्टर बाबुराम पौडेलले जानकारी दिनुभयो ।
एउटै एप्लीकेशन भीत्र डिजिटल वालेट र फण्ड ट्रांसफ़र लाई समेटिएको कंपनीका मार्केटिंग म्यानेजर धीरेन्द्र भट्टराईको भनाई छ।डिजिटल वालेटले ग्राहकहरुलाई फन्ड टान्सफर, फन्ड रिसिभ साथै  फन्ड स्टोर को सुविधा प्रदान गर्ने छ  भने "फन्ड टान्सफर" ले जापानमै एक FJ PAY प्रयोगकर्ताले अर्को FJ PAY एपमा डोमेस्टिक फन्ड टान्सफर को सुविधा प्रदान गर्ने छ। कंपनीले डिजिटल प्लेटफर्म बाहेक टोकियोको कामातामा रहेको मुख्य कार्यालय संगै शिनोकोबु लगायत जापानको मुख्य शहरहरुमा आफ्नै शाखा कार्यलय मार्फत प्रत्यक्ष सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

images

 



प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार