सोमबार, भाद्र २९ गते २०८३ Monday, 14 Sep, 2026
Follow Us on

Trending

एनएमबि बैंकको खाता अब जापानबाटै खोल्न सकिने,ओभरसिज रेमिट बाट एनएमबिमा पैसा पठाउँदा अप्रिल महिनाभरी सेवा शुल्क नलाग्ने

गण्डकी पोष्ट चैत्र २१, २०८० बुधबार
  • 455
    SHARES
  • एनएमबि बैंकको खाता अब जापानबाटै खोल्न सकिने,ओभरसिज रेमिट बाट एनएमबिमा पैसा पठाउँदा अप्रिल महिनाभरी सेवा शुल्क नलाग्ने

    टोकियो/जापान । नेपालको एनएमबि बैंकमा जापानबाटै खाता खोल्न सकिने भएको छ। जापानमा बसोबास गर्ने नेपालीहरुलाई लक्षित गर्दै एनएमबि बैंकले आफ्नो  जापान रेमिट्यान्स प्रतिनिधि मार्फत सो सेवा उपलब्ध गराउने  भएको हो । 

    images

    एनएमबि बैंक,जापान रेमिट्यान्स प्रतिनिधि सुनिता देवी खनालका अनुसार, जापानबाट एनएमबि बैंकमा खाता खोल्न सहजिकरण गरिनेछ। ग्राहकहरुले आफैँले एनएमबि भिडियो एकाउन्ट ओपनिङ् सेवा मार्फत अथवा जापान प्रतिनिधि सम्पर्क नम्बरहरु ०८०-७८४७-३०८७/ ०९०-६६४३-४५७७ र ०९०-१०५३-५५७७ मा सम्पर्क गरि सेवा लिन सक्नेछन्। यसका साथै sunita.khanal@nmb.com.np मा इमेल मार्फत पनि सम्पर्क गरि सेवा लिन सकिनेछ ।  एनएमबि बैंक जापान रेमिट्यान्स प्रतिनिधि सुनिता देवी खनाललाई टोकियोमा ओभरसिज रेमिटको कार्यालय (Hyakunincho 1-11-28 Shinjuku)मा पनि भेट्न सकिनेछ । 

    यसका साथै, ओभरसिज रेमिट्यान्सले आफ्ना ग्राहक लक्षित नयाँ योजना समेत सार्वजनिक  गरेको छ । जनाइए अनुसार, यस योजना अन्तर्गत, ओभरसिज रेमिट मार्फत एनएमबि  बैंकमा पैसा पठाऊँदा  नेपाली नयाँ वर्षको अवसरमा, अप्रिल महिनाभरी सेवाशुल्क लाग्ने छैन । थप जानकारीका लागि ओभरसिज रेमिट जापानमा सम्पर्क गर्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार