सोमबार, भाद्र २९ गते २०८३ Monday, 14 Sep, 2026
Follow Us on

Trending

मयुर कर्पोरेशनले जापानमा एकसाथ थाल्यो अर्ना बियर सहित चार प्रकारका नेपाली उत्पादनको बिक्री वितरण

गण्डकी पोष्ट कार्तिक २८, २०७९ सोमबार
  • 607
    SHARES
  • मयुर कर्पोरेशनले जापानमा एकसाथ थाल्यो अर्ना बियर सहित चार प्रकारका नेपाली उत्पादनको बिक्री वितरण

    टोकियो, जापान ।  

    images

    जापानमा नेपाली खाद्य तथा पेय पदार्थको आधिकारिक विक्रि वितरण गर्दै आएको मयुर कर्पोरेशन लिमिटेडले थप चारवटा नेपाली उत्पादनको जापानमा बिक्री वितरण सुरु तथा नेपाल पत्रकार महासंघ जापान शाखाका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई सँगै सम्मान कार्यक्रम गरेको छ ।  

     

    बिगत २३ बर्ष देखी बिभिन्न खाद्य तथा पेय पदार्थको आधिकारिक बिक्रेताको रुपमा रहँदै  आएको मयुर कर्पोरेशन लिमिटेडले आईतवार टोकियोमा एकसाथ अर्ना नामक दुई प्रकारका बियर, सफल घ्यू र वाईवाई चाउचाउको दुई नयाँ उत्पादन अकबरे र पिजा चाउचाउको विक्रि समेत सुरुवात गरिएको कर्पोरेशनका प्रबन्ध निर्देशक अरुण कुमार श्रेष्ठले बताउनुभयो । 

     

    नेपाल जापान चेम्बर अफ कमर्शका अध्यक्ष तथा अन्तराष्ट्रीय अधिवक्ता डा.बलराम श्रेष्ठ, मयुर कर्पोरेशनका प्रबन्ध निर्देशक अरुण कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष शान्त कुमार पहरी, एनआरएनए जापानका कार्यबाहक अध्यक्ष नबिन निउरे र पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्लले संयुक्त रूपमा चार नयाँ उत्पादनको अनावरण गर्नुभएको थियो ।  

     

    जापानमा बिक्री थालिएका अर्ना नामक दुई प्रकारका बियर  जसमा ५.५ प्रतिशत अल्कोहल र ८ प्रतिशत अल्कोहल रहेको स्ट्रोगं बियरको विक्रि सुरूवात गरेको छ।

    त्यस्तै नेपालमा सरकारी स्वामित्वको डिडिसीपछि सबैभन्दा धेरै विक्रि वितरण र रुचाइएको निजि क्षेत्रको सफल डेरीको घिउको विक्रि पनि थालिएको कर्पोरेशनले जनाएको छ। 

    भने कर्पोरेशनले वाईवाई चाउचाउको दुई नयाँ उत्पादन अकबरे र पिजा चाउचाउको विक्रि समेत सुरुवात घोषणा गरेको  छ। नेपाली उपभोक्तामाझ सर्वाधिक लोकप्रिय वाईवाईको अकबरे चाउचाउ धेरै पिरो मन पराउनेहरुका लागि उपयुक्त र पिजाको स्वादमा खान चाहनेहरुका लागि पिजा चाउचाउ स्वादिष्ट रहेको सो अवसरमा जानकारी दिइयो।

     

    कार्यक्रममा बोल्दै सहभागीहरुले नेपाली वस्तु तथा सेवाको जापानमा विक्रि बढ्नु जापानमा नेपालीहरुको लागि सेवासँगै व्यापार पनि भएको बताउँदै यसले नेपालमा औद्योगिक वातावरणमा टेवा पुग्ने धारणा राखेका थिए।

     

    विदेशमा रहेका नेपालीहरुले जतिसक्दो नेपाली वस्तु तथा सेवाको प्रयोग गरेमा देशमा उद्योग कलकारखाना प्रर्बद्धनमा सहयोग पुग्ने र यसले देशमा रोजगारी सृजना र पुँजी समेत नेपाल भित्रने भएकाले विदेशमा रहेका नेपालीहरुले आफ्नो देशको उत्पादन खपतसँगै प्रर्वद्धनमा समेत सकारात्मक भुमिका खेल्नुपर्ने सहभागीहरुको धारणा रहेको थियो।

     

    जापानमा नेपाली खाद्य पदार्थ चाउचाउ देखि मादक पदार्थ खुकुरी रम सहित एक दर्जन बढि नेपाली उत्पादनको विक्रि वितरण गर्दै आएको मयुर कर्पोरेशनले नेपाल पत्रकार महासंघ जापान शाखाका नवनिर्वाचीत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई कर्पोरेशनका प्रबन्ध निर्देशक अरुण कुमार श्रेष्ठ लगायत सहभागीहरुले खादा ओडाएर बधाई, सम्मान तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार