सोमबार, भाद्र २९ गते २०८३ Monday, 14 Sep, 2026
Follow Us on

Trending

पाँचौँ म्युजिक खबर तीज म्युजिक अवार्डमा तीज गीत ‘तीन बहिनी’ तीन विधामा विजेता

गण्डकी पोष्ट भाद्र २७, २०८३ शनिबार
  • 84
    SHARES
  • पाँचौँ म्युजिक खबर तीज म्युजिक अवार्डमा तीज गीत ‘तीन बहिनी’ तीन विधामा विजेता

    पाँचौँ म्युजिक खबर तीज म्युजिक अवार्ड–२०८३ मा ‘तीन बहिनी’ गीतले तीन विधामा अवार्ड जितेको छ। एउटै गीतबाट संगीत, भिडियो सम्पादन र गायनतर्फ सम्मान पाउँदै ‘तीन बहिनी’ले तीज संगीतमा आफ्नो प्रभाव छोड्न सफल भएको हो।

    images

    गीतबाट सर्वोत्कृष्ट तीज दोहोरी संगीत विधामा रामकृष्ण बममल्लले अवार्ड प्राप्त गर्नुभएको छ। त्यस्तै, सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादकको अवार्ड विष्णु शर्माले हात पार्नुभएको छ। यसै गीतबाट गायिकाहरू आरती परियार, तनुजा शाही र पार्वती आचार्यले इन्करेजमेन्ट अवार्ड प्राप्त गर्नुभएको छ।

    रमेश बीजीको शब्द तथा रामकृष्ण बममल्लको संगीत र स्वर रहेको ‘तीन बहिनी’मा आरती परियार, तनुजा शाही र पार्वती आचार्यको सामूहिक स्वर रहेको छ। गीतको भिडियो सम्पादन विष्णु शर्माले गर्नुभएको हो।

    तीनै गायिका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जापान शाखाले आयोजना गरेको प्रथम जापान लोक ताराका फाइनलिस्टसमेत हुनुहुन्छ। ‘तीन बहिनी’मार्फत उनीहरूले आफ्नो सांगीतिक यात्रामा थप सफलता हासिल गरेका छन्।

    एउटै सिर्जनाबाट तीन विधामा अवार्ड प्राप्त हुनुले गीतमा गरिएको सामूहिक सहकार्य र सिर्जनात्मक प्रस्तुतिको सफलतालाई पुष्टि गरेको छ। नयाँ पुस्ताका कलाकारको सहभागिता र सामूहिक गायनले ‘तीन बहिनी’लाई तीज संगीतमा छुट्टै पहिचान दिएको छ।

    पाँचौँ म्युजिक खबर तीज म्युजिक अवार्ड–२०८३ काठमाडौंको बानेश्वरस्थित क्रिष्टल पार्टी भेन्युमा सम्पन्न भएको हो।

    ‘तीन बहिनी’ टोलीका आरती परियार, तनुजा शाही, पार्वती आचार्य, रामकृष्ण बममल्ल, विष्णु शर्मा तथा गीतकार रमेश बीजीलाई सफलताका लागि हार्दिक बधाई तथा आगामी सांगीतिक यात्राका लागि शुभकामना।undefinedundefinedundefinedundefinedundefined

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार