सोमबार, भाद्र २९ गते २०८३ Monday, 14 Sep, 2026
Follow Us on

Trending

रसुवा–भोटेकोशी बाढीपीडितका लागि बिहुँकोट अन्तर्राष्ट्रिय समाजद्वारा पाँच लाख सहयोग

गण्डकी पोष्ट भाद्र २३, २०८३ मंगलबार
  • 172
    SHARES
  • रसुवा–भोटेकोशी बाढीपीडितका लागि बिहुँकोट अन्तर्राष्ट्रिय समाजद्वारा पाँच लाख सहयोग

    रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि बिहुँकोट अन्तर्राष्ट्रिय समाजले रु. ५ लाख सहयोग गरेको छ।

    images

    बाढीपीडितलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले समाजले काँठेखोला गाउँपालिकामार्फत प्रधानमन्त्री राहत कोषमा उक्त रकम हस्तान्तरण गरेको हो। बाढी गएको तेह्रौँ दिनका अवसरमा सहयोग रकम हस्तान्तरण गरिएको समाजका महासचिव शेखर कँडेलले जानकारी दिनुभयो।

    समाजका कोषाध्यक्ष टीकाराम कँडेलका अनुसार प्राकृतिक विपत्तिमा परेका नागरिकको पीडामा साथ दिन समाजले सहयोग गर्ने निर्णय गरेको हो। समाज बिहुँकोटमा रहेका तथा विश्वका विभिन्न देशमा बसोबास गर्ने बिहुँकोटवासीहरूको साझा संस्था हो।

    सहयोग रकम हस्तान्तरण कार्यक्रममा काँठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा र उपाध्यक्ष तेजबहादुर थापाको रोहबरमा बिहुँकोट अन्तर्राष्ट्रिय समाजका उपाध्यक्ष महेन्द्रप्रसाद कँडेल, सह–कोषाध्यक्ष हरिप्रसाद सापकोटा, सदस्य कृष्णप्रसाद कँडेललगायतको सहभागिता रहेको थियो।

    बाढीका कारण ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै समाजले मृतकहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। साथै, घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

    समाजका अध्यक्ष पण्डित देविलाल सुबेदीले सहयोग अभियानमा साथ दिने नेपाल तथा विदेशमा रहेका सम्पूर्ण बिहुँकोटवासीप्रति आभार व्यक्त गर्नुभएको छ। वरिष्ठ उपाध्यक्ष दयानिधि सापकोटाले अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिएका सहयोगी मनहरूलाई धन्यवाद दिनुभएको छ।

    समाजले उक्त सहयोगलाई आर्थिक सहायता मात्र नभई बिहुँकोटवासीहरूको एकता, सद्भाव, मानवीय भावना र सामाजिक उत्तरदायित्वको अभिव्यक्तिका रूपमा लिएको जनाएको छ।

    att.E_WasA5VsPQdFvl88dKdkF41F78RRbrqU0A6qiad3sM.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार