सोमबार, भाद्र २९ गते २०८३ Monday, 14 Sep, 2026
Follow Us on

Trending

भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतका लागि लेखानी समाज जापानद्वारा रु. २ लाख सहयोग

गण्डकी पोष्ट भाद्र १८, २०८३ बिहीबार
  • 724
    SHARES
  • भोटेकोशी  बाढीपीडितको उद्धार तथा राहतका लागि लेखानी समाज जापानद्वारा रु. २ लाख सहयोग

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि लेखानी समाज जापानले रु. २ लाख सहयोग गरेको छ।

    images

    बाढीका कारण ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकको उद्धार र राहतमा सहयोग पुर्‍याउने उद्देश्यले समाजले आफ्नो तीज विशेष कार्यक्रम स्थगित गरी लेखानी समाजमा आबद्ध सहयोगीहरूको सहयोगमा उक्त रकम संकलन गरेको हो। संकलित रु. २ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समाजले जनाएको छ।

    लेखानी समाज जापानका अध्यक्ष दिपक कँडेल ‘सफल’ले विपत्तिको समयमा पीडित नागरिकको साथमा उभिनु सबैको सामाजिक तथा मानवीय दायित्व भएकाले समाजका तर्फबाट सहयोग गरिएको बताउनुभयो। उहाँले तीज विशेष कार्यक्रम स्थगित गरी विपत्तिमा परेका नागरिकको उद्धार तथा राहतका लागि सहयोग जुटाउने निर्णय गरिएको जानकारी दिनुभयो।

    उहाँले भन्नुभयो, “विपत्तिमा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीको उद्धार र राहतका लागि हाम्रो सानो सहयोगले पनि केही राहत पुग्ने विश्वास गरेका छौँ। तीज विशेष कार्यक्रम स्थगित गरी सहयोग रकम संकलन गर्न साथ दिनुहुने लेखानी समाजमा आबद्ध सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ। यस्तो कठिन समयमा सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न आवश्यक छ।”

    समाजले विपत्तिको समयमा सहयोग गर्नु नै मानवीय धर्म र सामाजिक जिम्मेवारी भएको उल्लेख गर्दै सहयोगका लागि साथ दिने सम्पूर्ण सदस्य तथा सहयोगीहरूलाई धन्यवाद दिएको छ। समाजका अनुसार, विदेशमा रहेर पनि मातृभूमिमा आइपरेको संकटप्रति संवेदनशील हुँदै नेपाली समुदायले गरेको यस प्रकारको सहयोगले प्रभावित परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्नेछ।

    रसुवालगायत बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र पुनःस्थापनाको आवश्यकता रहेकाले लेखानी समाज जापानले गरेको सहयोगले प्रवासमा रहेका नेपाली समुदायको मातृभूमिप्रतिको जिम्मेवारी, एकता र मानवीय भावनालाई समेत प्रतिबिम्बित गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार