बुधबार, आश्विन २८ गते २०८३ Wednesday, 14 Oct, 2026
Follow Us on

सुलभ मार्टद्वारा जापानभर नेपाली सामानको अनलाइन बिक्री सुरु

गण्डकी पोष्ट आश्विन २७, २०८३ मंगलबार
  • 167
    SHARES
  • सुलभ मार्टद्वारा जापानभर नेपाली सामानको अनलाइन बिक्री सुरु

    जापानमा बसोबास गर्दै आएका नेपाली समुदायलाई लक्षित गर्दै सुलभ मार्ट (Sulav Mart) ले जापानभर सामान डेलिभरी गर्ने सुविधासहित आफ्नो अनलाइन बिक्री सेवा औपचारिक रूपमा सुरु गरेको छ।

    images

    जापानको ओसाकामा नेपाली तथा एसियाली खाद्य सामग्रीको व्यवसाय सञ्चालन गर्दै आएको सुलभ मार्टले 
    आफ्ना ग्राहकहरूलाई थप सहज, छिटो र व्यवस्थित रूपमा सेवा प्रदान गर्ने उद्देश्यले www.sulavmart.com मार्फत अनलाइन किनमेल सेवा सुरु गरेको जनाएको छ।

    यस सेवामार्फत जापानका विभिन्न सहर तथा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले अब घरमै बसेर नेपाली खाद्य सामग्री, चामल, दाल, मसला, तेल, चाउचाउ, स्न्याक्स, फ्रोजन फुड तथा दैनिक उपभोग्य सामानहरू अनलाइन अर्डर गर्न सक्नेछन्।

    विशेषगरी नेपाली सामान खरिद गर्न टाढाका पसलसम्म पुग्नुपर्ने बाध्यतालाई कम गर्दै जापानभर रहेका नेपाली समुदायलाई आफ्नै देशको स्वाद र आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउनु यस सेवाको प्रमुख उद्देश्य रहेको छ।

    भुक्तानीका लागि विभिन्न सुविधा

    ग्राहकहरूको सहजतालाई ध्यानमा राख्दै सुलभ मार्टले अनलाइन किनमेलका लागि क्रेडिट कार्ड (Credit Card), कम्बिनी स्टोर भुक्तानी (Convenience Store Payment), बैंक ट्रान्सफर (Bank Transfer) लगायतका विभिन्न भुक्तानी विकल्पहरूको व्यवस्था गरेको छ।

    साथै, ग्राहकहरूलाई अझ सहज र सुविधाजनक रूपमा किनमेल गर्न सहयोग पुर्‍याउने उद्देश्यले निकट भविष्यमा अन्य डिजिटल भुक्तानी प्रणालीहरू पनि थप गर्दै लैजाने योजना रहेको सुलभ मार्टले जनाएको छ।

    जापानभर होम डेलिभरी

    सुलभ मार्टका अनुसार ग्राहकहरूले वेबसाइटमा उपलब्ध सामानहरू हेरी आफूलाई आवश्यक सामग्री छनोट गरेर अनलाइन अर्डर गर्न सक्नेछन्। अर्डर गरिएका सामानहरू जापानभर डेलिभरी गर्ने व्यवस्था मिलाइएको छ।

    यस सेवाले विशेषगरी नेपाली तथा एसियाली खाद्य सामग्री सहज रूपमा उपलब्ध नहुने जापानका विभिन्न क्षेत्रहरूमा बसोबास गर्ने नेपालीहरूलाई थप सुविधा पुग्ने अपेक्षा गरिएको छ।

    ग्राहकको विश्वास र गुणस्तरीय सेवामा जोड

    सुलभ मार्टले आफ्नो अनलाइन सेवामार्फत नेपाली तथा अन्य एसियाली खाद्य सामग्रीलाई जापानका विभिन्न क्षेत्रमा रहेका ग्राहकहरूसम्म पुर्‍याउने लक्ष्य राखेको छ।

    व्यवसायले अहिलेसम्म आफूलाई विश्वास र साथ दिँदै आएका सम्पूर्ण ग्राहकप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय सामान, उचित मूल्य, सहज किनमेल तथा भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।अनलाइन अर्डर गर्न यहाँ क्लिक गर्नुहोस्। 672e34d05c9067ea43320bbf86dbae97.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार