सोमबार, भाद्र २९ गते २०८३ Monday, 14 Sep, 2026
Follow Us on

Trending

तीज कार्यक्रम स्थगित गरी मालिका समाज जापानद्वारा बाढीपहिरो प्रभावितलाई डेढ लाख सहयोग

गण्डकी पोष्ट भाद्र १८, २०८३ बिहीबार
  • 159
    SHARES
  • तीज कार्यक्रम स्थगित गरी मालिका समाज जापानद्वारा बाढीपहिरो प्रभावितलाई डेढ लाख सहयोग

    भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखालगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मालिका समाज जापानले बाढी तथा पहिरो प्रभावितका लागि आर्थिक सहयोग गरेको छ।राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले समाजले १ लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा पठाएको हो।

    images

    नेपालमा उत्पन्न विपत्तिपूर्ण अवस्थालाई ध्यानमा राख्दै मालिका समाज जापानले तीजको अवसरमा आयोजना गर्ने पूर्वनिर्धारित दर खाने तथा सांगीतिक कार्यक्रम स्थगित गरेको थियो। कार्यक्रमका लागि छुट्याइएको रकमसँगै समाजमा आबद्ध सदस्य तथा शुभेच्छुकहरूबाट संकलित सहयोग रकम राहतका लागि पठाइएको समाजले जनाएको छ।

    समाजका अध्यक्ष राजु सापकोटाले विपत्तिको समयमा मनोरञ्जनभन्दा मानवीय सहयोगलाई प्राथमिकता दिँदै तीज कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको बताउनुभयो। कार्यक्रम स्थगित गरी त्यसका लागि छुट्याइएको रकमसहित समाजका सदस्य तथा शुभेच्छुकहरूबाट सहयोग संकलन गरेर बाढी तथा पहिरो प्रभावितका लागि पठाइएको उहाँले जानकारी दिनुभयो।

    सहयोगीहरूको विवरण यसप्रकार छः

    १. मालिका समाज जापान ¥२०,६३०  
    २. भविलाल सापकोटा  ¥३,०००  
    ३. विष्णु सापकोटा ¥५,००३  
    ४. गुरु प्रसाद सापकोटा ¥१०,०००  
    ५. नारायण दास सापकोटा  ¥५,०००  
    ६. तारा प्रसाद सापकोटा  ¥२०,०००  
    ७. राजु सापकोटा ¥११,०००  
    ८. ओम प्रसाद सापकोटा  ¥१०,०००  
    ९. पदम रेग्मी ¥५,०००  
    १०. विनोद सापकोटा  ¥५,५०६  
    ११. जीवन सापकोटा  ¥५,०००  
    १२. ठाकुर सापकोटा (विकास)  ¥३,०००  
    १३. देवीलाल सापकोटा ¥१०,००१  
    १४. राजेन्द्र सापकोटा ¥५,५५५  
    १५. गोकुल सापकोटा ¥१०,१००  
    १६. दिपक (टिकाराम) सापकोटा  ¥३,०००  
    १७. दिपेन्द्र सापकोटा  ¥३,०००  
    १८. झपिन्द्र सापकोटा  ¥३,०००  
    १९. गोपाल केसी  ¥३,०००  
    २०. ऋषिराम रेग्मी  ¥५,५५१  
    २१. रोशन सापकोटा (रामु) ¥५,५५५  
    २२. सष्टबहादुर थापा ¥३,०००  
    २३. रेशमबहादुर क्षेत्री सापकोटा  ¥३,०००

    कुल सहयोग रकम १ लाख ५७ हजार ८ सय ९५ जापानी येन सटही गरी १ लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको समाजले जनाएको छ।

    समाजले बाढीमा ज्यान गुमाउने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामना गरेको छ। विपत्तिको यस दुःखद घडीमा प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा साथ दिने सम्पूर्ण सहयोगी तथा शुभेच्छुकप्रति मालिका समाज जापानले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

    MALIKA%20SAMAJ%20JAPAN.pdf.pngatt.AC63jSnn9LPln-bkZU7Cd9L6ZdyqGLiZ_oszDmKcpw0.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार