मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा पार्टी परित्याग

गण्डकी पोष्ट भाद्र १८, २०७८ शुक्रबार
  • 277
    SHARES
  • एमाले उपाध्यक्ष वामदेव गौतमद्वारा पार्टी परित्याग

    नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले एमाले त्यागेका छन् । उनले शुक्रबार एमाले पार्टी कार्यालय थापाथलीमा राजीनामा पत्र बुझाएका छन् । एमाले पार्टी कार्यालयका सचिब शेरबादुर तामाङले गौतमको राजीनामा आएको खबरहबलाई जानकारी दिए ।

    images

    गत पुसमा तत्कालिन ओली सरकारले पहिलो पटक प्रतिनिधिसभा विघटन गरेपछि तत्कालिन नेकपा दुई मुख्य धारमा विभाजित हुँदा गौतमले तेस्रो धार बनाएका थिए । अहिले एमाले विभाजन हुँदा एमालेभन्दा एकीकृत समाजवादीतर्फ बढी ढक्लिएका गौतमले एमाले त्यागेका हुन् ।

    तर, उनी हालसम्म एकीकृत समाजवादीमा पनि गइसकेका भने छैनन् ।

    गत पुसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीबाट टाढिएका गौतम फागुन २३ मा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि ओलीले बोलाएको बैठकमा कहिलेकाही सहभागी हुने गरेका थिए । एमालेमा चरम विवाद भएका बेला गौतम एक दुई पटक ओलीले बोलाएको बैठकमा सहभागी भए पनि एमाले विभाजनपछि ओलीले बोलाएको बैठकमा सहभागी भएका थिएनन् ।

    गौतम माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा जान्छन् कि छुट्टै पार्टी बनाउँछन् भन्ने यकिन छैन ।

    यस्तो र राजीनामा पत्र 

    Screenshot_2021-09-03-23-32-15-00_e131ff12f6893b87e53c79d0004d170b.jpg

     

     

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार