मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

प्रेस चौतारी नेपाल रामेछापको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

गण्डकी पोष्ट फाल्गुण १, २०७८ आइतबार
  • 1.3K
    SHARES
  • प्रेस चौतारी नेपाल रामेछापको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

    काठमाडौ । प्रेस चौतारी नेपाल रामेछापको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गर्नुभएको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनले नवराज श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

    images

    सर्वसम्मत चयन भएको समितिको खुल्ला उपाध्यक्षमा विष्णु खड्का र समावेशी उपाध्यक्षमा सुमित्रा लामा निर्वाचित हुनुभएको छ । कमिटीको सचिवमा निजोर कुमार थापा, सहसचिवमा शंकर बरुवाल, समावेशी सहसचिवमा दीपक लामा र कोषाध्यक्षमा सिता पुरी निर्वाचित हुनुभएको छ ।

    त्यस्तै सदस्यमा सिर्जना रसाइली, शर्मिला विसुन्खे, नवीना दंगाल र नवराज बिक निर्वाचित हुनुभएको छ । केन्द्रीय प्रतिनिधिमा पार्वती पाठक, शान्ता श्रेष्ठ र नीरज सापकोटा रहनु भएको छ । प्रदेश प्रतिनिधिमा प्रकाश परिष्कार, प्रज्वल पौडेल, लेखबहादुर बिक र बिन्दिरा रसाइली चयन हुनुभएको छ ।

    अधिवेशनलाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज कैलाश ढुङ्गेल, एमाले रामेछापका उपसचिव प्रकाशकुमार कार्की लगायतले सम्बोधन गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार