मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

अर्घाखाँची समाज जापानले नेपाली नयां वर्षमा सांस्कृतीक कार्यक्रम गर्ने

गण्डकी पोष्ट माघ २१, २०८२ मंगलबार
  • 110
    SHARES
  • अर्घाखाँची समाज जापानले नेपाली नयां वर्षमा सांस्कृतीक कार्यक्रम गर्ने

    अर्घाखाची समाज जापानको पहिलो बैठकले नेपाली नयां वर्षमा सास्कृतीक कार्यक्रम गर्ने तय गरेको छ । आईतबार टोकियोको ओकुबोमा बसेको नयां कार्यसमितीको पहिलो बैठकले बार्षिक कार्ययोजना प्रस्तुत गर्दै आगामी अप्रिल १२ तारीख नेपाली कलाकारको साथमा सांस्कृतीक कार्यक्रम गर्ने भएको छ । 
     बैठकले समाजका गतिबिधीलाई प्रभावकारी बनाउने उद्देश्यले ६ वटा बिभाग गठन गरी जिम्मेवारी तोकिएको समाजका महासचिव अबिनास जिसीले जानकारी दिनुभयो । 
    जसमा सदस्यता वितरण तथा अभिलेखीकरण विभाग, प्रचार–प्रसार तथा प्रकाशन विभाग, क्षेत्रीय समिति समन्वय तथा विस्तार विभाग, महिला विभाग, आर्थिक विभाग, युवा तथा विद्यार्थी विभाग गठन गरेको छ । 
    त्यस्तै समाजले अर्घाखाची जिल्लामा त्यहाको अवस्था र आवश्यकतालाई बुझेर स्वास्थ्य शिबीर संचालन गर्ने समाजका अध्यक्ष टोपबहादुर घर्ती मगर बताउनुभयो । 
    बिगतका कार्यक्रमको निरन्तरता दिदै BBQ,  तीज कार्यक्रम,  देउसी भैलो,  अक्षयकोष वृद्धि, आर्थिक समन्वय समिति लाई थप व्यवस्थित गर्ने अध्यक्ष मगरले जानकारी दिनुभयो । 

    images

    अक्षयकोष वृद्धिका लागी हाल कायम रहेका ९४ जना आजीवन सदस्य संख्यालाई बढाएर  एक वर्षभित्र १५० जना पुर्‍याउने लक्ष्य रहेको समाजका कोषाध्यक्ष निरञ्जन खड्काले जानकारी दिनुभयो  । 
    त्यसैगरी समाजको पहिलो बैठकले सल्लाहकार समितिमा सोम थापा र मनीष खनाललाई मनोनित गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार