मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवसको अवसरमा जापानमा पनि बिबिध कार्यक्रम सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम स्थापना दिवसको अवसरमा जापानमा पनि बिबिध कार्यक्रम सम्पन्न

टोकियो, जापान ।  

images

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम स्थापना दिवसको अवसरमा जापानमा पनि विभिन्न कार्यक्रम गरिएको छ । 

सो अवसरमा प्रवास नेपाली सम्पर्क विभाग जापान कान्तो क्षेत्रीय समितिले भौतिक उपस्थिति अनि भर्चुअल माध्यमबाट एक बिहीबार एक कार्यक्रम सम्पन्न गरेको छ । 

समितिका सभापति प्रेमप्रसाद कँडेलको अध्यक्षता र रास्वपा केन्द्रीय सदस्य तथा प्रवास विभाग उप-प्रमुख केशव अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा शुभकामना आदान-प्रदानसहित विगतमा गरिएका गतिविधिको समीक्षा र आगामी दिनमा गर्नुपर्ने जनपक्षीय कार्यक्रम र योजनाहरूको बारेमा अन्तरक्रिया गरिएको जापान कान्तो क्षेत्रीय समितिका महामन्त्री कमल बजगाइँले जानकारी दिए ।

सो अवसरमा रास्वपा प्रवास नेपाली सम्पर्क विभाग जापानका सभापति दिलेन्द्रप्रसाद जोशी र महामन्त्री खेमराज पौडेलले रास्वपाले गरेका विविध कार्यक्रमहरू, यसले जापानमा रहेका प्रवासीहरूमा पारेको प्रभाव, समिति गठनमा बढेको आकर्षणलगायतका विषयमा जानकारी दिएका थिए । 

रास्वपा प्रवास नेपाली सम्पर्क विभाग जापानका केन्द्रीय सदस्य प्रकाश आचार्यका अनुसार, पार्टी स्थापना दिवसको अवसरमा नै प्रवास नेपाली सम्पर्क विभाग जापानको संयोजनमा भरतपुर महानगरपालिका वडा नम्बर-५, चितवनमा रहेको बालबालिकाहरुका लागि प्रहरी नागरिक अभियान नेपाल (पिटुसिटु) संस्थालाई शैक्षिक सामग्री, पोशाक तथा खेलकुद सामग्री प्रदान गरिएको छ । रास्वपा भरतपुर–४ की सभापति शान्ति थापाले पार्टीको विदेश शाखाले गरेको कार्यले सिङ्गो पार्टीको उचाइँ बढ्ने विश्वास व्यक्त गरिन् ।

पिटुसिटु व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर गुरूङले बेसहारा बालबालिकाको क्षेत्रमा आउने जुनसुकै सहयोग पनि महत्वपूर्ण हुने बताए । वि.सं.२०७२ सालमा स्थापना भएको पिटुसिटुमा बेसहारा बालबालिकाले अध्ययन गर्दै आएका छन्, जहाँ ३५ जना बालकहरु छन् । यो संस्थाले बजारका सडकमा डुलेर हिँड्ने बालकहरुलाई अभिभावकत्व दिलाउँदै शिक्षादीक्षा प्रदान गर्दै आएको गुरूङले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार