टोकियो, जापान ।
नेपाली जनसम्पर्क समिती जापानमा अवैधानिक तरिकाले अधिबेशन आयोजना गरिएको भनी कार्यसमिती भित्रैका पदाधिकारी सहित अन्य १९ जनाले बिरोध जनाएका छन् ।
नेपाली कांग्रेस पार्टीको शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समिति जापानका उपसभापती सुजन जोशी, बद्रि पौडेल लगायतले ७ औं अधिवेशनको नाममा २४ घण्टा अगाडि मात्र सुचना सार्वजनिक गरी यही डिसेम्बर ५ तारिख आईतबारका दिन दिऊसो ३:०० बजे बाट भर्चुअल माध्यमबाट गर्ने र गराऊने जानकारी केन्द्रीय कार्यसमितिको समेत बैठक नबसी केहि कार्यसमिति पदाधिकारी र सदस्यहरुको मिलेमतोमा नेपाली जनसम्पर्क समिति जापानको अधिवेशन गराऊने जुन किसिमको प्रपञ्च रचियो यसको जतिनै भत्सर्ना र निन्दा गरेपनि अपुगनै हुने भनी भर्सना गरेका छन् ।
केहि विचौलियाहरुले ठूलो धनरासी तिरी क्रियाशिल सदस्यहरुको नामावली समेत सार्वजनिक नगरी एकाएक संस्था भित्र गुट , उपगुट बनाई विभिन्न खालका बार्गेनिङ मोलतोल गर्दै कार्यसमितिमा समेत कुनै सर सल्लाह , बैठक नगरी जापानबासी तमाम् नेपाली काग्रेसका क्रियाशिल सदस्यहरुको भावनामा ठेस पुग्ने गरेर भर्चुअल माध्यमबाट नेपाली कांग्रेसका केन्द्रिय कार्यसमितिका जिम्मेवार व्यक्तिहरुलाई समेत निमन्त्रणा गरि कथित ७ औं अधिवेशन गर्दै १४ जना महाधिवेशन प्रतिनिधिहरू आफुहरुले नै घोषणा गरेको व्यहोरा यहाँहरु माझ जानकारी नै छ यस्तो निन्दनीय कार्यको हामी घोर भत्सर्ना गर्दै यस्ता गलत प्रवृतीबाट आएकाहरुलाई तत्काल रोक्न, गलत कार्य सच्याउन र आम क्रियाशील सदस्यहरुसंग क्षमायाचन गर्दै यस्ता गलत कार्यहरुबाट गरिएको कथित अधिवेशन र महाधिवेशन प्रतिनिधि घोषणा गरिएकाहरुलाई तत्काल रोक्न आग्रह गरेका छन् ।
लोकतान्त्रीक प्रणालीलाई आत्मासाथ गर्दै हिडेका तमाम् जापानबासी काग्रेसीको आस्था र भावनामा चोट पुर्याऊने यस्ता गैर राजनितिक क्रियाकलापले तपाई हाम्रो आस्था माथी कुठाराघात भएको महसुस गर्दै यस्ता कार्यमा संलग्न व्यक्ती र समुहहरुको भण्डाफोर गर्दै पार्टी र संगठनमा मौलाऊदै गएको गलत प्रवृतीलाई रोक्न सम्पुर्ण जापानबासी नेपाली कांग्रेसमा आस्थावान साथीहरुलाई आ-आफ्नो ठाँऊबाट गलत कार्यको विरोध गर्न समेत अनुरोध गरेका छन् ।


(2).gif)
