नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मदेवारी घोषणा गरेका छन् । आउँदो मंसिरमा हुने १४ औं महाधिवेशनमा आफू महामन्त्रीको उम्मेदवार बन्ने घोषणा उनले गरेका हुन्।
सोमबार काठमाडौं महानगरपालिका वडा नं ३० को कांग्रेस कार्यकर्ता भेलामा थापाले यस्तो घोषणा गरे।
३ औं महाधिवेशनमा पनि थापा महामन्त्रीमा उम्मेदवार बनेका थिए । त्यसबेला सिटौला समूहबाट उम्मेदवार बनेका उनले ५८४ मत पाएका थिए ।
उनका ससुरा अर्जुननरसिंह केसी शेरबहादुर देउवा समूहबाट महामन्त्रीका उम्मेदवार थिए । तर रामचन्द्र पौडेल समूहका डा. शशांक कोइराला निर्वाचित भएका थिए ।
(2).gif)
