जापानले पठाएको दुई लाख डोज अस्ट्राजेनिका खोप आइपुग्यो नेपाल
जापानले पठाएको दुई लाख डोज अस्ट्राजेनिका खोप शनिबार बिहान नेपाल आईपुगेको छ। जापानबाट दुई लाख ८ हजार ६० डोज खोप नेपाल आएको हो।
स्वास्थ्य सचिव रोशन पोखरेलका अनुसार कतार एयरलाइन्सबाट खोप आएको हो। यो खोप प्रदेश १ र २ का ६५ वर्षमाथिकालाई लगाइनेछ।
यसअघि पनि जापानबाट ८ लाख ४७ हजार ३२० डोज खोप नेपाल आएको थियो। जापान सरकारले १६ लाख डोज खोप नेपाललाई दिने बताएको छ। अब बाँकी रहेको खोप सोमबारसम्ममा नेपाल आइपुग्नेछ।
(2).gif)
