जापान सरकारको सम्बन्धित निकायबाट सीओई प्राप्त गरेका विद्यार्थीलाई जापान प्रवेशको लागि कुटनैतिक पहल गरिदिन जापानिज भाषा स्कुल संघ नेपाल (जालसान) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ ।
जालसानले प्रधानमन्त्री देउवालाई बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बुधबार उक्त माग गरेको हो ।
साथै व्यवसायलाई कोरोनाले पारेको असर, बर्षदेखि कलेजको फिस तिरेका विद्यार्थीको अवस्था, जापान सरकारद्धारा जारी गरिएको भ्याक्सिन पासपोर्टमा नेपाललाई पनि सहभागि गराउन कुटनीतिक पहलको लागि प्रधानमन्त्री देउवालाई माग गरिएको ग्लोबल डाइसपोरा इजुकेशन कन्सल्टेन्सिका प्रबन्ध निर्देशक रिजन मडैले जानकारी दिनुभयो ।
आफ्ना मागहरुमा प्रधानमन्त्री देउवा सकारात्मक रहेको मडैले जानकारी दिनुभएको छ ।
(2).gif)
