मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

आर के गुरुङ र मनोज केसीको “चौबन्धी तुना” सार्वजनिक।(भिडियो सहित)

आर के गुरुङ र मनोज केसीको “चौबन्धी तुना” सार्वजनिक।(भिडियो सहित)

कर्मथलो जापान बनाएका कर्णप्रिय आवाजका धनि गायक तथा संगीतकार मनोज केसी र आर के गुरुङको चौबन्धी तुना बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय गित संगितको क्षेत्रमा उत्कृष्ट संगित गर्दै आउनुभएका सर्जक तथा गायक आर त गुरुङ, मनोज केसी र गायीका शान्ती श्री परियारको आवाजबाट सुसज्जित नयाँ गीत चौबन्धी तुना सार्वजनिक भएको हो ।

images

 “RK GURUNG” OFFICIAL YOUTUBE च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा मनोज केसीको संगित तथा शब्द पनि मनोज केसी र आर के गुरुङ्कै रहेको छ । माया प्रेममा समर्पित उक्त गीतमा मनोज केसीले उत्कृष्ट शब्द तथा संगीत दिने कोसिस गरेका छन् ।
गीतका प्रत्येक शब्दले सुन्ने सबैको ध्यान केन्द्रीत गरेको छ । यस गीतको अडियो सँगै भिडियो पनि उत्कृष्ट बनेको छ । भिडियोमा पछिल्लो समयमा अभिनयको माध्यमबाट लोक गित संगीतका दर्शकहरुको मन जित्न सफल सुनिल क्षेत्री र अञ्जली अधिकारीको दमदार अभिनय गरेका छन् ।  निर्देशन तर्फ उनै चर्चित मोडल सुनिल क्षेत्री रहेका छन। 

हुने बिरुवाको चिल्लो पात भने जस्तै गरि जन्मस्थान गनपा-०७, मल्म बाग्लुङ भएका गायक मनोज केसीले सानै उमेर देखिनै आफ्नो जादुमय स्वरले विद्यालय, मेला महोत्सवमा हुने हरेक कार्यक्रममा आफ्ना प्रस्तुति दिदै आएका थिए। रोजगारीका क्रममा जापानलाई कर्मथलो बनाएका केसी भन्छन् जिन्दगिका सबै सपनाहरु पुरा नहोलान तर पनि म ढुक्क छु किनकि सबै सपना पनि त अधुरो नरहलान त्यसैले समय, अवस्था जस्तोसुकै रहे पनि आफ्नो लोक गित संगितको यात्रा भने निरन्तर चलि नै रहनेछ।



प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार