मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

९ बुँदे टोकियो घोषणापत्र जारी गर्दै “नेपाली लोक तथा दोहोरीगीत संगीतको पर्वद्धनमा प्रवासी नेपालिहरुको भुमिका"बिषयक विचार गोष्ठी सम्पन्न

गण्डकी पोष्ट जेठ ८, २०८१ मंगलबार
  • 316
    SHARES
  • ९ बुँदे टोकियो घोषणापत्र जारी गर्दै “नेपाली लोक तथा दोहोरीगीत संगीतको पर्वद्धनमा प्रवासी नेपालिहरुको भुमिका"बिषयक विचार गोष्ठी सम्पन्न

    ९ बुँदे टोकियो घोषणापत्र जारी गर्दै “नेपाली लोक तथा दोहोरीगीत संगीतको पर्वद्धनमा प्रवासी नेपालिहरुको भुमिका"बिषयक विचार गोष्ठी सम्पन्न भएकोमा  छ ।  राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जापान शाखाको आयोजनामा आईतवार टोकियोमा विचार गोष्ठी सम्पन्न भएको थियो ।  

    images

    राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका संरक्षक, पूर्व अध्यक्ष समेत रहनुभएका प्राज्ञ तथा वरिष्ठ लोकगायक दुर्गा रायमाझीको विशेष उपस्थितिमा उक्त विचारगोष्ठी सम्पन्न भएको हो।

    कार्यक्रमको उद्घाटन गर्नुहुँदै जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुबेदीले नेपाली कला, सँस्कृति, गीत-संगीतका साथै नेपाली भाषा, साहित्य र भेषभूषाको पनि संरक्षण र संबर्द्धन गर्नुपर्ने उत्तिकै दायित्व रहेको बताउँदै यसलाई हुर्कदो नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने बारे हामी सबैले सोच्नुपर्ने बेला आएको बताउनुभयो ।

    IMG_6965.jpeg

    बिचारगोष्ठीका प्रमुख वक्ता दुर्गा रायमाझीले लोक तथा दोहोरीगीत-संगीतको क्षेत्रमा भईरहेको बिकासक्रम, यसले पाईरहेको महत्व र गर्नुपर्ने सुधारहरुका बारेमा प्रकाश पार्दै प्रवासबाट खेल्न सकिने भूमिका तथा अपेक्षाका बारेमा आफ्नो प्रस्तुती राख्नुभएको थियो ।

    IMG_6964.jpeg

    यसैगरी विचारगोष्ठीमा आफ्ना धारणा राख्दै प्रतिष्ठान जापान शाखाका सल्लाहकार समेत रहेका पत्रकार तिलक मल्लले लोक तथा दोहोरीको क्षेत्रमा विद्यमान विकृति तथा विसंगतिलाई न्यूनीकरण गर्दै यसको महत्वलाई  अन्तर्राष्ट्रिय समुदायमा पुर्‍याउनुपर्ने धारणा ब्यक्त गर्नुभयो । यो क्षेत्रले पाईरहेको लोकप्रियता र हासिल गरेको उचाईलाई प्रवासका नेपालीहरुले नजिकबाट नियालिरहेकोले अब यसलाई ब्यवस्थित गर्दै संबर्द्धन गर्न प्रवासबाट खेल्न सकिने भूमिकाका बारेमा बुँदागत लिखित सुझाव समेत राख्नुभएको थियो । 

    IMG_6957.jpeg

    प्रतिष्ठान जापान शाखाकी सल्लाहकार समेत रहेकी नेपाली कला, सँस्कृति, गीत-संगीत तथा नृत्यका बारेमा जानकार-अध्येता युको ओकामोतोले नेपाली गीत-संगीत तथा खासगरी दोहोरीगीत सँस्कृतिलाई जापानी समुदायमा पनि बिस्तार गर्न ठोस कार्यक्रम तथा योजना बनाएर जान सकिने धारणा ब्यक्त गर्नुभएको थियो 

    IMG_6966.jpeg

     

    बिचारगोष्ठीमा नेपाली ब्यवसायी संघ (NBA) जापानका अध्यक्ष बिजय थकाली, एनआरएन जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ, एनआरएन अभियान्ता संगिता अधिकारी सुबेदी , एभरेष्ट इन्टरनेशनल स्कुल जापानका सहायक-प्रिन्सिपल राजेन्द्र तामाङ, प्रतिष्ठान जापान शाखाका संस्थापक अध्यक्ष युवराज आचार्य, जापान शाखाका निवर्तमान अध्यक्ष समेत रहेका केन्द्रीय सदस्य सूर्य खड्का लगायतले प्रस्तुत बिषयमा आ-आफ्नो धारणा राख्नुभएको थियो । 

    जापान शाखाका अध्यक्ष महेन्द्र न्यौपानेको सभापतित्वमा भएको बिचारगोष्ठीमा प्रवक्ता अमित सापकोटाको स्वागत मन्तब्य रहेको थियो भने पहिलो चरणमा शाखाका सचिव समुन्द्रराज पौडेलको र दोस्रो चरणमा केन्द्रीय सचिव रामकृष्णबम मल्लको सहजिकरण रहेको थियो ।

    बिचारगोष्ठीले जारी गरेका ९ बुँदे टोकियो घोषणापत्र निम्नानुसार रहेका छन्।

    १. अत्यन्त समसामयिक र सान्दर्भिक बिषयमा आयोजित बिचारगोष्ठीमा वक्ताहरूबाट प्राप्त सुझाव र सल्लाहलाई बुँदागतरूपमा टिपोट गरी दस्ताबेजकोरूपमा लिपीबद्ध गर्ने र ध्यानाकर्षणका लागि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालमा पठाईने छ ।

     

    २. 'लोक तथा दोहोरीगीत संगीतको प्रबर्द्धनमा विदेशमा बस्ने नेपालीहरूको भूमिका बिषयक बिचारगोष्ठीका आकर्षणको केन्द्रबिन्दु तथा प्रमुख प्रस्तोताकारूपमा नेपालबाट आमन्त्रित प्रतिष्ठानका पूर्व अध्यक्ष तथा संरक्षक दुर्गा रायमाझीज्यू र प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत महामहिम डा. दुर्गाबहादुर सुबेदीज्यूलाई उहाँहरूको सारगर्भित प्रस्तुती र सम्बोधनका लागि धन्यबाद ज्ञापन गरियो ।

     

    ३. लोक तथा दोहोरी गीतको क्षेत्रमा विद्यमान विकृति तथा विसंगतिलाई रोक्न र न्युनिकरण गर्न सरोकारवलाहरूलाई लक्षित गरी समय समयमा सचेतनामुलक कार्यक्रमहरूको आयोजना गरिने छ ।

     

    ४. मौलिक लोक सँस्कृति तथा दोहोरीगीतको महत्व र उपादेयतालाई नयाँ पुस्तामाझ पुस्तान्तरण गर्ने सन्दर्भमा जापानमा सञ्चालित नेपाली विद्यालयहरूको समन्वयमा त्यहाँ अध्ययनरत नेपाली बालबालिकाहरूलाई लक्षित गरी साँगीतिक अन्तरंग कार्यक्रमको आयोजना गरिने छ ।

     

    ५. नेपाली गीत, संगीत तथा मौलिक नेपाली बाजा जस्ता नेपाली लोक सँस्कृतिजन्य सम्पदालाई जापानी समुदायमा पनि प्रवर्द्धन एवं बिस्तार गर्न तदअनुरूपका ठोस कार्यक्रमहरूको उत्पादन तथा आयोजना गर्ने बारे संभाब्यताको अध्ययन गरिने छ ।

     

    ६. जापानको नेपाली समुदायमा हुने गीत-संगीतसंग सम्बन्धित साँगीतिक कार्यक्रम तथा गतिबिधिमा प्रतिष्ठानको जापान शाखाले अनुगमनकारी भूमिका निर्बाह गर्ने सँस्कारको थालनी गरिने छ ।

     

    ७. नेपाली मौलिक लोक सँस्कृतिको यथोचित संबर्द्धन गर्न साँगीतिक कार्यक्रमहरूमा संभवभएसम्म नेपाली लोकबाजाहरूको प्रयोगमा विशेष ध्यान दिईने छ ।

     

    ८. मौलिक लोक सँस्कृति भन्दा बितिक्कै नेपाली भेषभूषाको पनि उत्तिकै सम्मान गर्नुपर्ने बिषयलाई मध्यनजर गर्दै औपचारिक कार्यक्रमहरूमा नेपालीपन झल्कने औपचारिक नेपाली पोशाकको प्रयोगमा विशेष ध्यान दिईने छ ।

     

    ९. प्रवासमा रहेर मौलिक नेपाली गीत-संगीत तथा नृत्य साधना गर्न ईच्छुकहरूका लागि प्रतिष्ठान केन्द्रको समन्वयमा तत्कालका लागि भर्चुअल नै भएता पनि साधना केन्द्रको स्थापना गर्नेतर्फ संभाब्यताको अध्ययन गरिने छ। 

    IMG_6953.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार