मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

चर्चित उपन्यासकार सुबिन भट्टराईसंग टोकियोमा लेखक पाठक संवाद हुने

गण्डकी पोष्ट बैशाख ४, २०८१ मंगलबार
  • 373
    SHARES
  • चर्चित उपन्यासकार सुबिन भट्टराईसंग टोकियोमा लेखक पाठक संवाद हुने

    नेपाली उपन्यास लेखनमा चर्चा कमाएका युवा लेखक सुबिन भट्टराईले शनिबार टोकियोमा पाठकहरूसंग प्रत्यक्ष संवाद गर्ने भएका छन। 

    images

    नेपाली रिडर्स क्वल जापानको आयोजनामा टोकियो आउन लागेका लेखक भट्टराईले सोलमारी मुरा हलमा अप्रिल २० तारिक शनिवार प्रत्यक्ष संवाद गर्न लागेका हुन। 

    नेपाली युवा पिढीमा सर्वाधिक किताव बिक्रीको कृतिमानी कमाएका लेखक भट्टराईले जापानका किताव प्रेमी पाठकहरूसंग उपन्यास लेखन अनुभव तथा पाठकहरूको जिज्ञासा सहित साक्षात्कार गर्ने आयोजक समितिका पशुपति भण्डारीले जानकारी दिए। 

    मध्यान्ह १ बजेबाट हुने कार्यक्रममा उनले समसामायिक विषयमा युवाहरूलाई उप्रेरणा मुलक जानकारी सहित आफ्ना कितावहरू समेत पाठक माझ पस्कने छन। कार्यक्रमको अनेसास जापान र एनआरएनए कान्तो कमिटिले समेत सहकार्य गरेका छन।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार