मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

चलचित्र ‘महाजात्रा’ टोकियोको नाकानो जेरो हलमा आउँदो मार्च २३ तारिख शनिबार प्रदर्शन हुने

गण्डकी पोष्ट माघ २९, २०८० सोमबार
  • 427
    SHARES
  • चलचित्र ‘महाजात्रा’ टोकियोको नाकानो जेरो हलमा आउँदो मार्च २३ तारिख शनिबार प्रदर्शन हुने

    बहिप्रतिक्षित चलचित्र ‘महाजात्रा’ जापानको टोकियोमा प्रदर्शन हुने भएको छ । टोकियोको नाकानो जेरो हलमा आउँदो मार्च २३ तारिख शनिबार साँझ ६ बजेदेखी प्रदर्शन हुने जनाईएको छ ।  

    images

    जापानको लागि आधिकारिक वितरकको अधिकार आन्भी एण्ड पिरो इन्टरटेन्टमेन्टको सहयोगमा सचिन आचार्यले प्राप्त गर्नुभएको छ ।

    यसअघी प्रतिक्षित भनिएका दुई चलचित्र दिमाख खराब र भष्मे  डनले खासै दर्शकको साथ नपाएको यथार्थका बीच महाजात्रा टोकियोमा प्रदर्शनमा आउन लागेको हो।

     

    महाजात्रा यसअघिका जात्रा र जात्रै जात्राको तेश्रो शृंखला हो, चलचित्रमा जात्रा र जात्रै जात्राका अधिकांस कलाकारहरु दोहोरिएका छन् ।  चलचित्रको आकर्षक पात्रको रुपमा हेरिएका अभिनेता हरिबंश आचार्यलाइ चलचित्रको पोस्टर मा भिलेन लूक्समा प्रस्तुत गरिएको जस्तो देखाईएको भएतापनी अभिनेता आचार्यले निभाएको भूमिकाबारे केही खुलाईएको छैन । 

    जापानमा जात्रा र जात्रै जात्राले दर्शकको साथ राम्रो पाएकोले  महाजात्राले पनि दर्शकको पुर्ण साथ र माया पाउने बिश्वास वितरकले गरेका छन् ।

    जापानमा यसअघी प्रदर्शित चलचित्र आईतवारको दिनमा प्रदर्शन हुँदै आएको भएपनी यसपटक भने शनिवार प्रदर्शन हुने महाजात्राले के कती दर्शकको साथ पाउला हेर्न बाँकी छ।

    ‘जात्रा’का अघिल्ला श्रृंखलाकै भावमा कथा रहेको चलचित्रमा हरिवंश आचार्य, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ।IMG_6011.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार