मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

दशैंको टीकाको शुभ साइत कुन देशमा कति बजे ? जापानमा अक्टोबर २४ तारिख मंगलवार बिहान १०:४५ बजे टीकाको शुभ साइत

गण्डकी पोष्ट आश्विन २३, २०८० मंगलबार
  • 435
    SHARES
  • दशैंको टीकाको शुभ साइत कुन देशमा कति बजे ? जापानमा अक्टोबर २४ तारिख मंगलवार बिहान १०:४५ बजे टीकाको शुभ साइत

    अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि दसैँको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । समितिले ३० वटा देशमा टीका लगाउने शुभ साइत सार्वजनिक गरेको हो । समितिका अनुसार अमेरिका र क्यानडामा अक्टोबर २३ तारिखमा टीकाको शुभ साइत रहेको छ ।

    images

    अमेरिकाको न्युयोर्कमा १०:४७ बजे, केन्टुकीमा ११:३१ बजे, टेक्सासमा ११:०३ बजे, वासिङ्गटन डीसीमा १०:५३ बजे र क्यालिफोर्नियामा १०:३१ बजे टीकाको शुभसाइत जुरेको छ ।

    क्यानडाको टोरोन्टोमा ११:१७ बजे र भ्यानकुभरमा ११:३५ बजे शुभ साइत रहेको छ ।

    यसैगरी भारत, जापान, अस्ट्रेलिया, न्‍युजिल्यान्ड, पोर्चुगल, बेलायत, फ्रान्स, नर्वे, मलेसिया, यूएई, कतार, थाइल्यान्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, म्‍यानमार र स्विट्जरल्यान्डसहितका देशमा २४ तारिखमा टीकाको शुभ साइत रहेको छ ।

    समितिका अनुसार जापानमा अक्टोबर २४ तारिख मंगलवार बिहान १०:४५ बजे टीकाको शुभ साइत रहेको छ ।

    नेपालबाहिर दसैँको उत्तम साइत कहिले ?

    IMG_4799.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार