बाग्लुङ जिल्लाको गल्कोट नगरपालिकाको वडा नम्बर ४ निलुवामा नील बराहा मन्दिर को शिलन्यास तथा जग्गा दातालाई सम्मान कार्यक्रम सम्पन्न भयको छ ।
निलुवा पर्यटक प्रवर्द्धन केन्द्र चमुवा र निलुवा समाज जापान को आर्थिक सहयोगमा नेपाल सरकार तथा सरोकारवालाको निकायमा नील बराह मन्दिर निलुवाको शिलन्यास कार्यक्रम निलुवा पर्यटक प्रवर्द्धन केन्द्र चमुवाका अध्यक्ष ओमकार सुवेदिको अध्क्षतामा सम्पन्न भयको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य जीत शेरचनको प्रमुख आतिथ्यता तथा गल्कोट नगरपालिकाका उप मेयर फमलाल निउरे,घोडाबादे गणका मेजर देभ भक्त श्रेष्ठ, निलुवा समाज जापानका अध्यक्ष मोहनसुवेदि र बिभिन्न राजनितीक दलका प्रतिनिधि,बिभिन्न वडाका प्रतिनिधिहरु लगायतको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको निलुवा समाज जापानका प्रबक्ता दिपक सुबेदी बिप्लबले जानकारि दिनुभयो ।
निल बराहा मन्दिर को लागी निशुल्क जग्गा प्रदान गर्ने जग्गा दाता नन्दराम सुबेदी ,धर्मदत्त सुबेदी ,रामकृण सुबेदी,बालकृण सुबेदी र सुदिप सुबेदी लाई सस्थांले सम्मान तथा धन्यवाद ज्ञापन गरेको छ।
उक्त कार्यक्रम निलुवा पर्यटक प्रवर्द्धन केन्द्र चमुवा का उपाध्यक्ष चुरामणी शर्मा को स्वागत मन्तब्य साथै सचिव हेमराज गैरेको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले निलुवा को बिकास सँगै सिङगो गल्कोटको बिकास गर्न सबै एक्यबद्धता हुनुपर्ने बताएका थिय ।
निलुवा समुन्द्रीसतह देखि २१०९ मिटर देखी २३०० मिटर सम्म को उचाई मा रहेको निलुवाले पर्यटकीय सम्भावना बोकेकोले यसलाई बिकास गर्न जिल्ला र प्रदेशबाट पनि आफुले सक्दो सहयोग गर्ने गण्डकी प्रदेस सभा सदस्य जित शेरचनले प्रतिबद्धता जनाउनु भएको थियो ।
भने गल्कोट नगरपालीका उप-मेयर फमलाल निउरेले नगरपालिकाबाट पनि कुनै कसुरबाकि नराखी सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
वडा नम्वर ४ का अध्यक्ष बलबहादुर खत्रिले सबैको सहयोग बाटै बिकाशले गतिलिने हुँदा सबै वडाबाशिको साथ र सहयोग रहने विश्वाश लिएको बताउनुभयो ।
गल्कोटको सान निलुवा को पहिचान भन्ने मुल नारा सहित स्थापना भयको निलुवा समाज जापान का अध्यक्ष मोहन सुवेदी ले पनी समाज ले सक्दो आर्थिक सहयोग गर्ने बताउनुभयो ।


(2).gif)
