मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिबलको उद्घाटन गर्दै प्रचण्डले भने विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल भइरहेको छ

गण्डकी पोष्ट श्रावण २१, २०७९ शनिबार
  • 454
    SHARES
  • जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिबलको उद्घाटन गर्दै प्रचण्डले भने विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल भइरहेको छ

    जापान भ्रमणमा रहेका पुर्वप्रधानमन्त्रि तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल भइरहेको बताएका छन् ।

    images

     

    जापानको फुकुओका शहरमा आयोजित १० औं नेपाल फेस्टिबलको उद्घाटन गर्दै भने, ‘अहिले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तिर हामी बहस गरिरहेका छौं ।’

     

    उनले हालै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नागरिकता संशोधन विधेयकले गैरआवासीय नेपालीको नागरिकताको समस्या पनि समाधान गरेको बताए । ‘विधेयक संशोधन गर्दा विदेशमा रहेका नेपालीको नागरिकतालाई अझ सहज बनाउने गरी विधेयक संशोधनको प्रक्रिया अघि बढाएका छौं’ उनले भने ।

     

    पूर्वप्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीहरुको सीप आर्जन र अनुभवलाई ठीक ढंगले सम्बोधन गर्ने र एनआरएनएसँग सम्बन्धित सबै नेपालीलाई नागरिकताको समस्याबाट मुक्त गर्ने पनि आश्वासन दिए ।

     

    अहिले नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी भएको भन्दै प्रचण्डले चुनावपछि स्थिर र बलियो सरकार बन्ने बताए । ‘प्रदेश र संघको निर्वाचनपछि स्थिर र बलियो सरकार बन्नेछ । जननिर्वाचित बलियो सरकारले अब ढिलो नगरी आर्थिक विकासलाई प्राथमिकतामा राख्नेछ ।’

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार