मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

खेलकुद जगतमा मत्वपूर्ण योगदान पुर्याएका सम्पन्न श्रेष्ठ नेकपा एमाले बाग्लुङ जिल्ला कमिटीबाट क्षेत्र नं. १ को लागी समानुपातिक तर्फबाट संघिय सांसदका लागि सिफारिस

गण्डकी पोष्ट भाद्र २२, २०७९ बुधबार
  • 1.5K
    SHARES
  • खेलकुद जगतमा मत्वपूर्ण योगदान पुर्याएका सम्पन्न श्रेष्ठ नेकपा एमाले बाग्लुङ जिल्ला कमिटीबाट क्षेत्र नं. १ को लागी समानुपातिक तर्फबाट संघिय सांसदका लागि सिफारिस

    खेलकुद जगतमा लामो समय सम्म योगदान पुर्र्याएका सम्पन्न श्रेष्ठ नेकपा एमाले बाग्लुङ जिल्ला कमिटीबाट क्षेत्र नं. १ को लागी समानुपातिक तर्फबाट संघिय सांसदका लागि सिफारिस हुनुभएको छ । 

    images

    श्रेष्ठ सानै उमेर देखि राजनिति संग संगै सितोरियो करातेका राष्ट्रीय मेडलिष्ट हुनुहुन्छ । पश्चिमाञ्चल खेलकुद बिकास समितिको अध्यक्षको जिम्मेवारी सफलतापुर्वक सम्पन्न गरिसक्नु भएका श्रेष्ठले  अध्यक्ष रहदा खेलकुद जगतमा उत्कृष्ट काम समेत गरेर चर्चामा रहनुभएको थियो ।  राष्ट्रिय खेलकुद परिषद सदस्य हुनुभएको छ भने पार्टीमा राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सचिवालय सदस्य एवं गण्डकी प्रदेश राष्ट्रिय युवा संघको सहईन्चार्जको जिम्मेवारी समेत प्राप्त गर्नुभएको चर्चित युवा ब्यक्तित्व हुनुहुन्छ 

     २०२०  टोकियो ओलम्पिकमा प्रत्यक्ष सहभागीता जनाउनुभएका श्रेष्ठले यदि अवसर प्राप्त गरेको खण्डमा तपाईबाट जनताले कस्तो अपेक्षा गर्ने भन्ने हाम्रो प्रश्नमा भन्नु हुन्छ “म नेपालको हरेक परिवर्तनकारी आन्दोलनमा प्रत्यक्ष सहभागी भएको छु।भईपरि आउने प्राकृतिक दैवी प्रकोपमा पनि आफ्नो जिऊ ज्यानको प्रभाह नगरी उद्दारहरूमा सहभागिता जनाएको थुप्रै उदाहरणहरू छन। अवसर प्राप्त भए शासक होईन जनसेवक भएर जनताको काम गर्न कुनै पनि कसुर बाकी नराखी अगाडी बढ्छु ।” 

    64DDD65A-682C-4F83-B611-F4CF8FECA933.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार