भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महाकालेश्वर मन्दिरमा पूजाअर्जना गरेका छन् । मध्यप्रदेशको उज्वेनस्थित महाकालेश्वर मन्दिरमा दौरासुरुवालमाथि गेरुवस्त्र (पहेलो कपडा) लगाएका विशेष पूजा अर्चना गरेका हुन् ।
उनलाई पूजा गर्न मन्दिरका पुजारीहरुले सहयोग गरेका थिए । उनले १०८ किलो रुद्राक्षको दाना पनि मन्दिरमा चढाएका थिए ।
महाकालेश्वरलाई हिन्दुहरुले १२ मध्ये एक ज्योतिर्लिङ्गका रुपमा पूजा गर्ने गर्छन् । प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, उर्जामन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री रमेश रिजालले पनि पूजाअर्चना गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डसँगै अरु मन्त्रीहरुले पनि गेरुवस्त्रमा पूजा गरेका छन् । चारदिने भारत भ्रमणका क्रममा भ्रमण टोली महाकुलेश्वर मन्दिर पुगेको हो ।
(2).gif)
