नेकपा एमाले सम्बद्ध प्रवासी नेपाली मञ्च जापान तोहोकु क्षेत्रीय कमिटिको प्रथम अधिबेशन आईतवार सम्पन्न भएको छ। जापानको तोहोकु प्रान्तमा रहेका एमाले आस्थावानहरुको भेलाले अनिल गिरीको अध्यक्षतामा २५ सदस्यीय मध्य १९ सदस्यिय क्षेत्रीय कमिटी चयन गरेको छ ।भने बाँकी ६ सदस्य रिक्त पदमा पहिलो बैठकबाट समिती पूर्ण बनाइने पनि जनाईएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा दिपक तामाङ (स्याङ्तान), सचिबमा सुजनराज गुरुङ, उप-सचिबमा सुजन बौद्धचार्य र दिपक तामाङ (दोङ) निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा क्रमश कमल बिक, नारायण रिमाल, भबेश न्यौपाने, राजेन्द्र मिश्र, उत्तम घिमिरे, बलराम दाहाल, मनोज कार्की, सुर्यप्रसाद कोईराला, सजन सापकोटा, भरत जैशी, मिलन लो लामा, बुनु तामाङ, रामकृष्ण मानन्धर, गौतम खड्का लगायत रहनुभएको छ।
प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटि सचिवालय सदस्य तथा पूर्बी एसिया ईन्चार्ज भक्त गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम अधिवेशबमा बिशेष अतिथि प्रवासी नेपाली मंच पूर्बी एसिया कमिटि अध्यक्ष डा.सरोज कंडेल, प्रवासी नेपाली मंच जापानका अध्यक्ष सुरेश केसी रहनुभएको थियो भने अतिथिहरुमा संगठन बिभाग प्रमुख कुलचन्द्र खरेल, प्रचार बिभाग प्रमुख प्रकाश ढकाल, संघसंस्था बिभाग प्रमुख अर्जुन अधिकारी, कान्तो क्षेत्रीय कमिटि अध्यक्ष बुद्धिराज घिमिरे , राष्ट्रिय कमिटि सदस्य बिजय उप्रेती, राष्ट्रिय कमिटि सदस्य बिनय गुरुङ लगायतको उपस्थितिमा पहिलो अधिनेशन सम्पन्न भएको थियो।



(2).gif)
