बिष्णु प्रसाद सापकोटा टोकियो, जापान ।
अन्तराष्ट्रिय साहित्य समाज(अनेसास)जापान च्याप्टरले २०९औँ भानुजयन्ती तथा संस्थाको ६३ औँ नियमित साहित्य शृङ्खलाको अवसर पारेर एकै दिन तीन स्रष्टाका तीन पुस्तकको जापान विमोचन सम्पन्न भएको छ ।
लामो समयदेखि जापानलाई कर्मथलो बनाईरहनुभएका स्रष्टाका पुस्तकहरू एउटै समारोहबिच आईतवार टोकियोमा बिमोचन गरिएको थियो । स्रष्टाहरु शरद पोख्रेलको कवितासङ्ग्रह ‘मरुभूमिमा डुङ्गा’ ,प्रदीप थापाको पुस्तक ‘अक्षरारम्भ’हरिश कल्पितको कथासङ्ग्रह ‘ग्याब्रिएले’ पुस्तक विमोचन भएका हुन् ।
शरद पोख्रेलको कवितासङ्ग्रह ‘मरुभूमिमा डुङ्गा’ माथि अमृत ढकालले टिप्पणी राख्नुभएको थियो भने प्रदीप थापाको ‘अक्षरारम्भ’माथि वेद काफ्लेको टिप्पणी रहेको थियो। त्यस्तै गरी हरिश कल्पितको कथासङ्ग्रह ‘ग्याब्रिएले’ माथि गृष्मा पौड्यालले टिप्पणी राख्नुभएको थियो।
नेपाली राजदूतावास टोकियोका कार्यवाहक राजदूत अम्बिका जोशीले प्रदेशमा बसे पनि नेपाली भाषा र साहित्यको विकासमा अनेसास र स्रष्टाले गरेको कामप्रति आभार तथा धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले, अनेसास जापानका पूर्व अध्यक्ष दीप पाठक, निवर्तमान अध्यक्ष गिरिजा गैह्रे, संस्थाका सल्लाहकारहरू हारुहितो नोजु, शरद गौचन लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा अनेसास केन्द्रले गर्ने वाल तारा कार्यक्रमका विजेता जेनिसा थापालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । ६३ औँ नियमित साहित्य शृङ्खलामा समय अभावले साहित्यिक रचनाहरु भने समाबेश गरिएको थिएन ।
कार्यक्रम अनेसास जापानका अध्यक्ष रविन शर्माको अध्यक्षता, सदस्य केबी पारखिको स्वागत र सचिवद्वय अनिल कुमार निर्दोष र राजेन्द्र पौडेलको सहजिकरणमा सम्पन्न भएको थियो ।









(2).gif)
