मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

अनेसास जापानद्वारा २०९औँ भानु जयन्तीको अवसर पारेर टोकियोमा तीन स्रष्टाका तीन पुस्तक विमोचन गर्दै

गण्डकी पोष्ट आषाढ ५, २०७९ आइतबार
  • 820
    SHARES
  • अनेसास जापानद्वारा २०९औँ भानु जयन्तीको अवसर पारेर टोकियोमा तीन स्रष्टाका तीन पुस्तक विमोचन गर्दै

    बिष्णु सापकोटा

    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापानले २०९औँ भानु जयन्तीको अवसर पारेर टोकियोमा एक भव्य समारोहकाबीच जापानमा लामो यमयदेखि शिक्षा र साहित्यको क्षेत्रमा क्रियाशील तीन स्रष्टाका तीन कृतिहरू विमोचन गर्ने भएको छ।

    images

     संस्थाको ६३ औँ नियमित साहित्य शृङ्खलासमेत रहेको उक्त कार्यक्रममा अनेसास जापानका महासचिव समेत रहेका कवि शरद पोख्रेलको कविता सङ्ग्रह ‘मरुभूमिमा डुङ्गा’को जापान विमोचन हुँदैछ। त्यस्तै संस्थाका सल्लाहकार समेत रहेका प्रदीप थापाको प्रवासमा रहेका नेपाली वालवालिकालाई नेपाली भाषा सिकाइको सहयोगी पुस्तक ‘अक्षरारम्भ’ तथा लामो समयदेखि लेखनमा क्रियाशील स्रष्टा हरिश कल्पितको ‘ग्याब्रिएले’ कथा सङ्ग्रह पनि एकैसाथ विमोचन हुँदैछ ।  कार्यक्रममा तीन पुस्तकका लागि तीन छुट्टा छुट्टै वक्ताहरूले पुस्तकप्रतिको आ आफ्नो टिप्पणी समेत राख्ने र उपस्थित सहभागीहरूबाट रचना वाचनसमेत हुने कुरा संस्थाका अध्यक्ष रविन शर्माले जनाएका छन्।

    जुन २६ तारिख आइतवार  दिउसो ठिक १२ बजेबाट सुरु हुने कार्यक्रममा उपस्थितिका लागि सम्पूर्णमा सार्वजनिक निमन्त्रणासमेत गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार