मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

अनेसास जापानले साहित्यकार पारिजातको स्मृतिमा ३ दर्जन नारी सर्जकहरूको रचनाहरूको साथ मनायो

गण्डकी पोष्ट बैशाख ५, २०७९ सोमबार
  • 942
    SHARES
  • अनेसास जापानले साहित्यकार पारिजातको स्मृतिमा ३ दर्जन नारी सर्जकहरूको रचनाहरूको साथ मनायो

    अनेसास जापानले साहित्यकार पारिजातको स्मृतिमा आइतवार एक कार्यक्रम सम्पन्न गरेको छ।अनेसास जापानको अनलाइन कार्यक्रम  साहित्य चौतारीको रजत शृङ्खलासमेत रहेको उक्त कार्यक्रममा जापानमा रहेर कर्म गर्दै साहित्य सिर्जना गरिरहनुभएका करिब ३ दर्जन नारी सर्जकहरूले साहित्यकार पारिजातलाई स्मरण गर्दै आआफ्ना रचनाहरू वाचन गर्नुभएको थियो।

    images

    संस्थाकी सदस्य बिन्दु ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अनेसास जापानको सल्लाहकार समेत रहनुभएकी सर्जक डा. बुनु दाहालले साहित्यकार पारिजातको जीवनका विविध आयामहरूमाथि चर्चा परिचर्चा गर्दै वहाँको नेपाली साहित्यमाथिको योगदानको चर्चा गर्नुभएको थियो। 

     

    कार्यक्रममा शुस्मा ओमाता, यसोदा बस्नेत, जयन्ती मगर सरगम, बिन्दु ढकाल, मञ्जु गिरी, बिन्दा पराजुली बराल,प्रविना बराल, सजिना मोक्तान,  सरिता ढकाल, सरिता चौधरी, इन्दिरा कोइराला, सुजाता शर्मा , मीना निरौला, सिमला केसी, इशु पौडेल, रचना रचु, सयपत्री थुलुङ  लगायतले आआफ्ना रचना वाचन गर्नुभएको थियो। 

    भर्चुअल माध्यमबाट करिव २ घन्टासम्म चलेको कार्यक्रम अनेसास जापानको फेसबुक पेजलगायत जापानमा क्रियाशील नेपाली संचारमाध्यमका  फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारन गरिएको थियो।कार्यक्रमको सहजीकरण संस्थाकी कोषाध्यक्ष दीपा घिमिरेले गर्नुभएको थियो भने संस्थाकी उपाध्यक्ष सविना रेग्मीले कार्यक्रमको संयोजनकारी भूमिका निर्वाह गर्दै कार्यक्रम सुसम्पादन गर्न सहयोग गर्नुहुने सबैमा धन्यवाद प्रकट गर्नुभएको थियो।

    D00B2914-C2E2-4B99-8B1A-1D2BF1363120.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार