मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

अनेसास जापानले साहित्यिक कार्यक्रम साहित्य चौतारीको २५ औँ शृङ्खला साहित्यकार पारिजात प्रती समर्पित गर्दै, सो अवसरमा करिब ३० जना नारी सर्जकले सिर्जना वाचन गर्ने

गण्डकी पोष्ट चैत्र २९, २०७८ मंगलबार
  • 814
    SHARES
  • अनेसास जापानले साहित्यिक कार्यक्रम साहित्य चौतारीको २५ औँ शृङ्खला साहित्यकार पारिजात प्रती समर्पित गर्दै, सो अवसरमा करिब ३० जना नारी सर्जकले सिर्जना वाचन गर्ने

    साहित्यकार पारिजातको  स्मृति दिवसको अवसर पारेर अनेसास जापानले एक साहित्यिक कार्यक्रम गर्ने भएको छ। अनेसास जापानको नियमित अनलाईन कार्यक्रम साहित्य चौतारीको २५ औँ शृङ्खला समेत रहने गरी उक्त कार्यक्रमको तयारी गरिएको अनेसास जापानले जनाएको छ।

    images

    कार्यक्रममा जापानलाई कर्मथलो बनाएर साहित्य सिर्जनामा पनि सक्रिय रहनुभएका करिब ३० जना नारी सर्जकहरूले सिर्जना वाचन गर्नुहुनेछ।कार्यक्रममा साहित्यकार पारिजातको व्यक्तित्व, कृतित्वका साथै वहाँका अनेक आयामहरू माथि अनेसास जापानको सल्लाहकार समेत रहनुभएकी सर्जक डा. बुनु दाहालले चर्चा गर्नुहुनेछ। 

    संस्थाकी कोषाध्यक्ष दीपा घिमिरेले कार्यक्रमको सहजीकरण गर्नुहुनेछ भने कार्यक्रमको विभिन्न तयारी तथा संयोजन संस्थाकी उपाध्यक्ष सविना रेग्मीले गरिरहनुभएको जनाईएको छ।

    भर्चुअल रुपमा सञ्चालन हुने उक्त कार्यक्रम अनेसास जापानको फेसबुक पेज लगायत जापानमा क्रियाशील अन्य सञ्चारमाध्यमका फेसबुक पेजहरूबाट पनि प्रत्यक्ष प्रशारण गरिने अनेसास जापानले जनाएको छ।उक्त कार्यक्रमलाई गण्डकीपोष्ट  डटकमको फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण्      हुनेछ ।  

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार