टोकियो, जापान ।
अनेसास जापानले नयाँ बर्ष २०७९ को शुभकामना आदानप्रदान, पुस्तक विमर्श तथा रचनावाचनको साथमा ६२ औँ नियमित साहित्य श्रृंखला भब्यरुपमा सम्पन्न गरेको छ।
कृतिकार अमृत शर्मा ढकालको गीतकृति ’लजालु पहाडहरू’ माथिको विमर्श अन्तर्गत अनेसास जापानका पुर्व अध्यक्ष तथा केन्द्रिय सदस्य दीप पाठक र अनेसास जापानका पुर्व सल्लाहकार कुमार सिंखडाले पुस्तकमाथि टिप्पणी तथा समिक्षा गर्नुभएको थियो भने पुस्तकका सन्दर्भमा लेखकसँग गरिएको बहसद्वारा लाजालु पहाडहरुका भित्री यथार्थ भावहरुलाई प्रष्याइएको थियो ।
विगत लामो समयदेखि जापानमा संगठित भएर नेपाली भाषा, साहित्य र स्रष्टाको उन्नयनमा सक्रिय संस्था अनेसास जापानले गीतकार अमृत शर्मा ढकाल जापान आएको अवसर पारेर उक्त कार्यक्रम आयोजना गरेको अनेसास जापानका अध्यक्ष रबिन शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नेपाली राजदुतावास टोकियोका कार्यवाहक राजदुत अम्बिका प्रसाद जोशिले भाषा र साहित्यको संरक्षण र संवर्द्धनका निम्ती प्रवाशमा अनेसासले खेलेको भूमिकाको प्रसंशा गर्दै नव बर्ष २०७९ को शुभकामना ब्यक्त गर्नुभएको थियो ।भने नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले,एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेल,कलाकार ईश्वर गुरुङ, जनसम्पर्क समिती जापानका उपसभापती पिताम्बर चापागाई, अनेसास जापानका निवर्तमान अध्यक्ष गिरिजा गैरे लगायतले पनि शुभकामना मन्तब्य राख्नुभएको थियो ।
साहित्य श्रृंखलाको रचनावाचन तर्फ दीप पाठक,गिरिजा गैरे, बिष्णु भण्डारी(बिसु), ग्रिष्मा पौड्याल, अमरदेव बास्तोला, मनोज मौसम केसी, दीपा घिमिरे, संगिता कुँवर, सुमित गिरी, मिनराज बास्तोला, अरुण पौडेल, गगन गंगा, प्रबिण लामा, बिजय स्याङबो लगायतले रचना प्रस्तुत गर्नुभएको थियो ।
बरिष्ठ उपाध्यक्ष अरुण पौडेलको स्वागत मन्यब्य सचिब अनिलकुमार निर्दोसको संचालन र अध्यक्ष रविन शर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जापानमा क्रियाशिल नेपाली संघ संस्थाका प्रतिनिधि, साहित्यकार, कलाकार,पत्रकार लगायतको बाक्लो उपस्थिती रहेको थियो ।










(2).gif)
