मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

लोक दोहोरी दिवसमा प्रतिष्ठान जापान शाखाद्वारा भब्य साँगितिक कार्यक्रम सम्पन्न

गण्डकी पोष्ट फाल्गुण ३०, २०७८ सोमबार
  • 291
    SHARES
  • लोक दोहोरी दिवसमा प्रतिष्ठान जापान शाखाद्वारा भब्य साँगितिक कार्यक्रम सम्पन्न

    टोकियो,जापान। 
    कलाकारहरुको छाता संगठनको रुपमा रहेको संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जापान शाखाले “लोक दोहोरी दिवस” भब्य रुपमा सम्पन्न गरेको छ।   टोकियोको ऊएनो स्थित सितल रेष्टुरेण्टमा भब्य साँगितिक कार्यक्रम सहित दिवस मनाएको हो। 

    images

    प्रत्येक वर्षको फागुन २९ गते लोक दोहोरी दिवस मनाउने केन्द्रको निर्देशन अनुसार छोटो समयको तयारीका बिच साँगितिक कार्यक्रम गरी दिवस मनाईएको जापान शाखाका अध्यक्ष सुर्य खड्काले बताउनुभयो ।

    घुम्टे नौमती बाजा समुह जापानका संयोजक तथा कलाकार चन्द्र खत्रिको प्रमुख आतिथ्यता,बाग्लुङ समाज जापानका कार्यवाहक अध्यक्ष यमकान्त कंडेल,अनेसास जापान च्याप्टरका अध्यक्ष रविन शर्मा लगायतका ब्यक्तिहरुको  बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा बाग्लुङ समाजकी सचिब सुनिता श्रीस मगर ,गण्डकीपोष्ट  डटकमका सम्पादक बिष्णु सापकोटा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।  

    घुम्टे नौमती बाजा समुहको पञ्चेबाजा र धौलागिरी भजन समुहको लोक भजनले कार्यक्रमको रौनकता बढाएको सहभागिहरुले बताएका थिए । भने बरिष्ठ कलाकार जयनन्द लामाको निधन प्रती एक मिनेट  मौनधारण गरी शोक ब्यक्त गर्दैन आत्माको चिर शान्तिको कामना पनि गरिएको थियो ।  

    कार्यक्रम जापान शाखाका अध्यक्ष सुर्य खड्काको अध्यक्षता, गायक महेन्द्र न्यौपानेको स्वागत र सहसचिव समुन्द्रराज पौडेलको संचालनमा सम्पन्न भएको थियो ।टोकियोमा कोरोना भाईरसको प्रभावले जारी अर्ध आपतकालिन समयलाई समेत मध्यनजर गरी  सिमित उपस्थितिका बिचमा कार्यक्रम गरिएको र आगामी बर्षहरुमा दिवसलाई थप भब्यताका साथ मनाउने लक्ष रहेको पनि जनाईएको छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार