चर्चित गायक राज सिग्देलको सुमधुर स्वरमा रहेको आधुनिक गित “उस्को याद”सार्वजनिक भएको छ ।
जापानको राजधानी टोकियोको बिभिन्न रमणिय स्थानहरुमा छायांकन गरिएको गीतमा बिनम खत्रीको शब्द ,मनराज प्लेहेमे गुरुङको संगीत रहेको छ।बिनम खत्रीकै छायांकन र सम्पादन रहेको गीतलाई मनराजले निर्देशन गरेका हुन् ।गीतको म्यूजिक भिडियोमा अनु मगर , योकृस सुवेदी , राम लक्की खत्री र शिव सवेदी गल्कोटे साईलोको अभिनय रहेको छ ।
परदेशिएका युवाको प्रेम , पारिवारिक दबाव र जिम्मेवारीका बिच छुटेको प्रेम सम्बन्धबाट युवाहरुमा परेको असरलाई गितको शब्द र भिडियोमा प्रस्तुत गरिएको छ ।
जापानमै रहेर संघर्ष गरिरहेका नेपाली कलाकारहरुको शब्द , संगीत र अभिनय रहेको “उस्को याद” लाई आरपिएन एचडी(RPN HD) यूट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । यस्तो छ पूर्ण भिडियो-
(2).gif)
