टोकियो, जापान ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जापान शाखा द्वारा आयोजित राष्ट्रीय टोपी दिवस तथा अँग्रेजी नयाँ बर्ष-२०२२ को शुभकामना साथमा बिबिध सांस्कृतिक साँझ भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रमको मुख्य आकर्षकको रुपमा घुम्टे नौमती बाजा समुह जापानका बाजा , धौलागिरी भजन समुहका मौलिक लोक भजन तथा रक्तिम परिवारका राष्ट्रभावले ओतप्रोत गीतहरु प्रस्तुत भएका थिए ।
त्यस्तै जपानमै रहेर गीत संगीतमा क्रियाशिल कलाकारहरु युवराज आचार्य, रुपेश गुरुङ्, अमित सापकोटा, बिशाल क्षेत्री ,प्रेम सापकोटा सोनु, निशा क्षेत्री निशाना, शिवा केसी, शान्ता जिसी, कोपिला सुबेदी शर्मा,ईश्वर थापा, केशव शर्मा, निर्मल क्षेत्री लगायतको प्रस्तुती रहेको थियो ।
कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलले प्रमुख अतिथिको रुपमा बोल्दै प्रवाशमा रहेर पनि गीत संगीतको संरक्षणको लागि कलाकारले खेलेको भुमिकाको प्रशंसा गर्दै एनआरएनए जापानले प्रतिष्ठानलाई आवश्यक सहयोग र हातेमालो गर्नेमा आश्वस्त पार्नुभएको थियो । भने नेपाल सरकारले कला गलाले सम्पन्न कलाकारको उचित सम्मान र संरक्षण गर्नुपर्ने पनि बताउनुभएको थियो ।भने ददिवल खड्का, अनेसास जापानका अध्यक्ष रविन शर्मा लगायतले शुभकामना मन्तब्य पनि राख्नुभएको थियो ।प्रत्यक्ष दोहोरी, आकर्षक नृत्य, बाजा, भजनसँगैका प्रस्तुतिमा रम्न पुगेका जापानबाशि नेपालीको बाक्लो उपस्थितीले टोकियोकै ठुलो चौतारो रेस्टुरेन्ट कामताको हल भरिभराउ हुँदा कतिपयले कार्यक्रम हेर्ने अवसर नपाई फर्किएको प्रतिक्रिया दिएका थिए ।
कार्यक्रम प्रतिष्ठान जापान शाखाका उपाध्यक्ष नारायण कंडेलको सभापतित्व, कार्यक्रम संयोजक महेन्द्र न्यौपानेको स्वागत र गायकद्धय खेमराज पौडेल र समुन्द्रराज पौडेलको सहजीकरणमा सम्पन्न भएको थियो ।


















(2).gif)
