नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत उपसभापतिको मतगणना सुरु भएको छ । निर्वाचन समिति सदस्य सीताराम केसीका अनुसार बुधबार साँझ ५ बजेदेखि उपसभापतिको मतगणना सुरु भएको हो ।
उनका अनुसार उपसभापतिको मतगणना सकिएपछि बिहीबार बिहानमात्र महामन्त्रीको मतगणना हुनेछ । त्यसपछि मात्र केन्द्रीय सदस्यको मतगणना हुने उनको भनाइ छ ।
उपसभापतिका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, सुजाता कोइराला, धनराज गुरुङ, चन्द्र भण्डारी, महेश आचार्य र दिव्येश्वरी शाह चुनावी प्रतिस्पर्धामा छन् । पार्टी विधानअनुसार दुई जना उपसभापति महाधिवेशनबाट निर्वाचित हुनेछन् ।
(2).gif)
