लामो समय देखी ईन्डोनेसियामा जेल जीवन बिताई रहेका पर्साका एक युवकलाई एनआरएनए जापान र एनआरएनए मलेसियाले जरिवाना रकम तिरेर जेल मुक्त गराई नेपाल फिर्ता गराएका छन् ।
भिसाको म्याद नाघेपछि पनि गैरकानूनी रुपमा बसेका अशोक साह पक्राउ परेर थुनामा परेपछी अध्यागमनले साहसँग दुई लाख दश हजार रुपैयाँ जरिवाना मागेको भएपनी रकम नहुँदा छुट्न नसक्नुभएको परिस्थितीमा जरिवाना रकम तिरेर जेल मुक्त गराई डिसेम्बर १ तारिख बुधबार नेपाल पठाउने कार्य गरेको एनआरएनए जापानका महासचिब सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो ।
एनआरएनए जापानले उपाध्यक्ष संगिता अधिकारी सुवेदीको संयोजनमा आर्थिक संकलन गरि ईन्डोनेसिया पठाएको थियो भने यो मामिलाको लागी अन्य समन्वयकारी भुमिका ईन्डोनेसियामा रहनु भएका अनिश शाक्यले गर्नुभएको थियो।
पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीका ३० वर्षीय अशोक साह सन् २००८ मा रोजगारीका लागि मलेसिया जानु भएको थियो । मलेसियामा नै रहँदा इन्डोनेसियाकी युवतीसँग प्रेम भयो । त्यसपछि ९० दिनको पर्यटन भिषामा इन्डोनेसिया पुगेका उहाँ उतै बस्नुभएको थियो ।
उहाँको भिसाको म्याद ८ वर्षअघि नै सन् २०१३ को फेब्रुअरी ५ मा सकिएको थियो । तर उहाँ गत मे १६ तारिखमा पक्राउ पर्नुभयो । गैरकानूनी रुपमा बसेका अशोकसँग अध्यागमनले २ लाख १० हजार रुपैयाँ जरिवाना मागेको थियो । तर उहाँसँग रकम थियन । त्यसैले नेपाल फर्कने वातावरण बनाइदिन भन्दै उहाँले आग्रह गरिरहनु भएको थियो ।


(2).gif)
