टोकियो,जापान ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)जापान च्याप्टरको १२ औं अधिवेशन तथा ६० औँ नियमित साहित्य शृङ्खला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न भएको छ ।
आईतवार टोकियोमा सम्पन्न अधिबेशनबाट रविन शर्माको अध्यक्षतामा १८ सदस्यिय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा अरुण पौडेल, उपाध्यक्षहरुमा सविना रेग्मि र आनन्द अधिकारी ,महासचिवमा शरद पोख्रेल, सचिवहरुमा राजेन्द्र पौडेल र अनिल कुमार निर्दोष ,सहसचिवमा प्रकृती फुयाल र कोषाध्यक्षमा दीपा घिमिरे चयन हुनुभएको छ ।
त्यसैगरि सदस्यहरुमा क्रमश केवि पारखी,बलराम उपाध्याय,मिनराज बास्तोला, सजिना मोक्तान ,मज्जु गिरी वन,बिन्दु ढकाल,बिशु भण्डारी ,नारायण पोख्रेल र मनोज मौसम केसी रहनुभएको छ ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष प्रकाश पौडेल (माइला),नेपाली दूतबास जापानका तृतीय सचिव प्रेम बराल, अनेसास जपानको मुखपत्र साकुरा फुल्दा -६ प्रायोजक तथा दिपवे फाउन्डेसनका प्रमुख दीपक सुबेदी, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष मोहन घले लगायत जापानमा क्रियासिल राजनैतीक दलका संगठनका प्रतिनिधि संघ संस्थाका प्रतिनिधि तथा साहित्य अनुरागिहरुको बाक्लो उपस्थिती रहेको थियो ।
जापानलाई कर्मथलो बनाइरहनुभएका नेपाली नारी सर्जकहरू विशेष अनेसासको मुखपत्र “साकुरा फुल्दा -६” को लोकार्पण पनि गरिएको थियो । जापानमा रहेर पनि साहित्यको क्षेत्रमा कलम चलाऊने दुई दर्जन बढी स्रष्टाहरुले बिभिन्न साहित्यिक प्रस्तुतिहरु राख्नु भएको थियो ।
कार्यक्रम अनेसास जापानका अध्यक्ष गिरीजा गैरेको सभापतित्व र रविन शर्माको संचालनमा सम्पन्न भएको थियो ।












(2).gif)
