मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

बर्षाले धानबालीमा क्षति

गण्डकी पोष्ट कार्तिक ५, २०७८ शुक्रबार
  • 784
    SHARES
  • बर्षाले धानबालीमा क्षति

    अविरल वर्षासँगै आएको बाढी र हावाहुरीले प्रदेश १ मा करिब ५० हजार हेक्टर क्षेत्रफलमा पाकेको धानबालीमा क्षति पुर्‍याएको अनुमान गरिएको छ।

    images


    १४ जिल्ला रहेको प्रदेश १ मा ३ लाख ४० हजार ८ सय हेक्टर क्षेत्रफलमध्ये ३ लाख ३६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको थियो।

    त्यसमध्ये प्रारम्भिक रुपमा ५० हजार हेक्टर अर्थात् करिब १५ प्रतिशत धानबालीमा पानी र हावाहुरीले क्षति पुर्‍याएको प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले जानकारी दिए।

    जसमध्ये ३ प्रतिशत अर्थात् १ हजार ५ सय हेक्टर क्षेत्रफलमा लगाएको पाकेको धान हावाहुरीले पानीमा लडाएको कारणले काम नै नलाग्ने गरी पूर्ण रुपमा क्षति भएको उनले बताए।


    प्रदेश १ मा किसानले रन्जित, सानो मन्सुलीलगायतका धान लगाएका छन्। ‘अहिलेको यो प्रारम्भिक तथ्याङ्क हो,’ उनले भने, ‘क्षतिको विवरण अझै बढ्न सक्छ। विवरण आउने क्रम जारी छ।’

    धान उत्पादनको भण्डार मानिने झापा, मोरङ र सुनसरीमा सबैभन्दा बढी हावाहुरी र वर्षाले क्षति पुर्‍याएको उनले बताए।

    मोरङमा यो वर्ष ८३ हजार ३ सय हेक्टरमा धान रोपाइँ भएको थियो। त्यसमध्ये १२ प्रतिशत अर्थात् ९ हजार ८ सय ९६ हेक्टरको धानमा क्षति पुगेको छ।

    सुनसरीमा ५३ हजार हेक्टरमध्ये ९ हजार ७ सय हेक्टर र झापामा ८७ हजार ५ सय हेक्टरमध्ये १३ हजार १ सय २५ हेक्टरको धानलाई हावाहुरी र बाढीले क्षति पुर्‍याएको प्रदेश १ का अन्य जिल्ला ताप्लेजुङमा ८ हजार ७ सय ३७, संखुवासभामा १३ हजार ८ सय ५१, सोलुखम्बुमा १ हजार ५ सय २५, पाँचथरमा ९ हजार २ सय, इलाममा १४ हजार ८ सय १५, भोजपुरमा १८ हजार, तेह्रथुममा १० हजार १ सय ७५, धनकुटामा ७ हजार ९ सय ५०, उदयपुरमा १३ हजार ३ सय, ओखलढुंगामा ४ हजार ४ सय र खोटाङमा १२ हजार ८ सय ९३ हेक्टरमा बर्खे धान रोपाइँ भएको थियो।

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार