चितवन समाज जापानको चौंथो अधिवेशन बुधवार टोकियोमा सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा ईश्वरी कँडेल सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
चितवनबाट जापान आएर रोजगार, व्यावसाय, अध्ययन लगायत बिभिन्न पेशा गरि रहेका चितवनबासीको संस्थाको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा टंक गैरे, उपाध्यक्षमा रामु खरेल, अनिल पौडेल र प्रदिप खरेल महासचिवमा कविकिरण न्यौपाने, सचिवमा विनोदकुमार सापकोटा र अनुपराज कंडेल, कोषाध्यक्षमा धिरन कंडेल र सह कोषाध्यक्षमा मनीषा प्रधान सर्वसहमत रूपमा निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य तुलसीराम खरेलले जानकारी दिनुभयो ।
निर्वाचन समितिका सदस्य खरेलका अनुसार समाजको केन्द्रीय सदस्यहरुमा क्रमश बिरेन्द्र सापकोटा, युवराज ढकाल, विवश कंडेल (महेन्द्र), बिमल कंडेल, लक्ष्मण गैरे, अमित सापकोटा र बिनोद कुमाल सर्वसम्मतिमा निर्वाचित हुनुभएको छ ।
(2).gif)
