मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

एनआरएनए जापानको निर्वाचनमा अनियमितता भएको गुनासो आएकोले एनआरएनएलाई पाँच दिन भित्र सत्य तथ्य जानकारी पठाउन परराष्ट्रको निर्देशन

गण्डकी पोष्ट भाद्र १९, २०७८ शनिबार
  • 593
    SHARES
  • एनआरएनए जापानको निर्वाचनमा अनियमितता भएको गुनासो आएकोले एनआरएनएलाई पाँच दिन भित्र सत्य तथ्य जानकारी पठाउन परराष्ट्रको निर्देशन

    टोकियो,जापान।

    images

    आवासीय नेपाली संघ ( एनआरएनए ) को अनलाइन निर्वाचनमा जापानलगायत विभिन्न मुलुकहरुमा अनियमीतता भएको जस्ता गुनासा आएको भन्दै परराष्ट्र मन्त्रालयले सो सम्बन्धमा पाँच दिन भित्र सत्य तथ्य जानकारी पठाउन निर्देशन दिएको छ । 

    नेपाली राजदूतावास टोकियो , जापानको मार्फत प्राप्त पत्रमा गैर आवासीय नेपाली संघ ,जापानको अध्यक्ष मण्डल द्वारा गठित निर्वाचन समिक्षा समितिले आफ्नो छानबिन पश्चात् सार्वजनिक गरेको प्रतिवेदनमा एनआरएनए जापानको दशौ महाधियशनको निर्वाचनमा ईमेलको दुरुपयोग , भोटरहरुको ईमेल परिवर्तन , जापान बाहेक अन्य मुलुकबाट भोट भएको लगायतका अन्य कारणले निर्वाचनमा अनियमितता भएको व्यहोरा उल्लेख भएको जनाईएको छ ।

    गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानको गत जुलाई ३० मा सम्पन्न निर्वाचनमा धाधली भएको भन्दै यसअघि परराष्ट्र मन्त्रालयमा उजुरी परेको थियो । सो सम्बन्धमा मन्त्रालयले संघलाई एक पत्र लेख्दै पाँच दिन भित्र सत्य तथ्य जानकारी पठाउन निर्देशन दिएको हो ।

     बिहिबार परराष्ट्र मन्त्रालयका सह सचिव भरतकुमार रेग्मीद्धारा हस्ताक्षरित अन्तराष्ट्रिय समन्वय परिषद् , गैर आवासीय नेपाली संघका नामका पठाइएको पत्रमा निर्वाचन प्रक्रियामा प्रविधिको दुरुपयोग गरिएको , तोकिएको समयावधि भन्दा पछिसम्म पनि निर्वाचन गराएइको , अगष्ट १५ पछिपनि प्रतिनिधिको विवरण पठाइएको , उम्मेद्धार भएका व्यक्ति नै निर्वाचन गराउने प्रक्रियामा सामेल भएको पाइएको , निर्वाचन आचार संहिताको पालना नगरि उलंघन गरिएको लगायतका गुनासा पाइएकोले त्यसको यथार्थ जानकारी दिनका लागि भनिएको छ ।

     जापानमा जस्तो घटना दोहोरिन नदिनका लागि र अब हुने दशौ महाधिवेशनका पदाधिकारीको निर्वाचन स्वच्छ , धाधलीरहित , निष्पक्ष र विश्वासनीय बनाउनका लागि संघले के कस्तो व्यवस्था गरेको छ सो को समेत जानकारी गराउनका लागि निर्देशन गरिएको छ ।

    received_4449971495090413.jpeg

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार