मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

नेपाल युथ स्पोर्ट क्लब (NYSC) जापानले आगामी मार्च १ तारिख टोकियोमा पुरुष भलिबल प्रतियोगिता गर्ने

गण्डकी पोष्ट माघ १५, २०८० सोमबार
  • 528
    SHARES
  • नेपाल युथ स्पोर्ट क्लब (NYSC) जापानले आगामी मार्च १ तारिख टोकियोमा पुरुष भलिबल प्रतियोगिता गर्ने

    नेपाल युथ स्पोर्टस क्लब (NYSC) जापानले आगामी  2024 मार्च १ तारिख प्रथम (N.Y.S.C)कप पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।नेपाल युथ स्पोर्टस क्लब जापान आफ्नो स्थापना काल बाट नै जापानमा हुने भलिबल प्रतियोगिताहरूमा  निरन्तर सहभागिता जनाउदै आएको क्लब हो र पहिलो पटक यो प्रतियोगिता आयोजना गर्दै गर्दा  नेपाली भुमिमा रहेर भलिबल खेलिरहेका भलिबल खेलाडीहरुलाई खेल मैदानमा हुने दुर्घटना पश्चातको उपचार तथा दिर्घ रोग लागि उपचार गराईरहनुभएका भलिबल खेलाडीहरूलाई  उपचारमा सहयोग गर्ने उद्धेश्य सहित भलिबल प्रतियोगिता आयोजना गर्नलागेको  क्लबका अध्यक्ष बसन्त थापाले बताउनुभयो । 
    "खेलाडी मान होइन सम्मान हो, खेलकुद शान होइन हाम्रो पहिचान हो" भन्ने मुल भावनाका साथ स्थापना भएको यो क्लब युवाहरूमा अनुशासन कायम राख्दै खेलकुदको माध्यमबाट आपसी सद्भाव , सुमधुर समाजिक सम्बन्ध निर्माण गरी नेपाल को रास्ट्रीय खेल भलिबल को संरक्षण र प्रवर्द्धन गर्ने लक्ष्य रहेकोले प्रवासमा रहेका खेलाडीहरूको हौसला वृद्धि गर्न प्रतियोगिताको आयोजना गरिन लागेको कार्यक्रम संयोजक भिक्टर ठाडा मगरले बताउनुभयो  ।

    images

    जापानमा रहेका विभिन्न सामाजिक संघ संस्था लगायत सम्पूर्ण जापानबासी नेपालीहरुको तर्फबाट उत्साहपूर्ण रूपमा प्रतियोगी टिमको सहभागिता रहनेमा विश्वस्त रहदै सबै जापानबासि नेपालीहरुमा आर्थिक नैतीक तथा भौतिक  सहभागिताको लागि आर्थिक संयोजक केशब सुबेदिले सबैमा अनुरोध गर्नुभएको छ ।  

    प्रतियोगितामा सहभागिताको लागि टिम दर्ता गर्न ४० हजार येन तोकिएको छ भने प्रथम हुने टिमलाई २ लाख ५५हजार ५ सय ५५येन नगदसहित कप,प्रमाणपत्र र मेडल, द्वितीय हुनेलाई १ लाख ५५हजार  ५ सय ५५येन नगदसहित  ट्रफी मेडल र प्रमाणपत्र र सान्त्वना दुई टिमलाई नगद ५५ हजार ५ सय ५५ येन नगदसहित प्रमाणपत्रद्वारा पुरस्कित गरिने जनाईएको छ ।  प्रतियोगिता ७ विधाका ७ जनालाई उत्कृष्ट छनोट गरि  ट्रफि प्रमाणपत्र प्रदान गरिने तथा अनुसाशीत टिम छनोट गरी ट्रफीले सम्मान गरिने पनि बताईएको छ । 
    भने खेल 〒169-0072 Tokyo, Shinjuku City, Okubo, 3 Chome-1-2 1F(Shinjuku Cosmic Sports Center)को खेल मैदानमा प्रचलित नियम अनुसार बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म संचालन हुने छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार