मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

जापान कपमा नेपाली युवा बिकाश खड्काको ऐतिहासिक तेहेरो सतक, साईतमा रोयल्सको शानदार जीत

गण्डकी पोष्ट बैशाख ६, २०८३ आइतबार
  • 434
    SHARES
  • जापान कपमा नेपाली युवा बिकाश खड्काको ऐतिहासिक तेहेरो सतक, साईतमा रोयल्सको शानदार जीत

    जापानमा जारी जापान कप ४० ओभर कम्युनिटी कप अन्तर्गत सानो अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न ४० ओभरको खेलमा एक नेपाली युवाले ऐतिहासिक प्रदर्शन गरेका छन्।

    images

    अछाम जिल्ला घर भई हाल जापानमा बसोबास गर्दै आएका २० वर्षीय प्रतिभाशाली खेलाडी बिकाश खड्काले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै तेहेरो सतक (Triple Century) प्रहार गरेका छन्। Saitama Royals बाट खेल्दै उनले Tokyo Daredevils विरुद्ध अविश्वसनीय ३०९ रनको विशाल पारी खेले।

    उनले आफ्नो विस्फोटक इनिङ्समा मात्र १३९ बलमा २९ छक्का र २५ चौका प्रहार गर्दै दुर्लभ तथा प्रभावशाली कीर्तिमान कायम गरेका हुन्।

    खड्काको उत्कृष्ट प्रदर्शनकै मद्दतमा सैतामा रोयल्सले विपक्षी टोलीलाई ३८१ रनको फराकिलो अन्तरले पराजित गर्न सफल भयो।

    पछिल्ला केही वर्षहरूमा जापानमा क्रिकेटको विकास तीव्र रूपमा भइरहेको देखिन्छ। हाल करिब दुई दर्जन नेपाली क्रिकेट क्लबहरू सक्रिय रहेका छन् भने ५० भन्दा बढी अन्य विदेशी क्लबहरूले पनि विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदै आएका छन्, जसले जापानमा क्रिकेटको लोकप्रियता बढ्दो क्रममा रहेको संकेत गर्छ।

    IMG_9326.webp

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार