बाग्लुङ समाज जापानले निवर्तमान उपाध्यक्ष बिरोध चालिसेलाई सम्मान गरेको छ ।
हाल रोजगारिका लागि क्यानडामा रहनुभएका चालिसेलाई प्रवाशमा रहेका नेपाली भलिबल खेलाडिहरुको मनोबल बढाउनुको साथै नेपालको राष्ट्रिय खेल भलिबललाई जापानमा पनि प्रोत्साहान गर्न महत्वपूर्ण भुमिका निर्वाह गरि सहयोग पुर्याइदिनुभएकोमा सम्मान पत्रद्वारा सम्मान गरिएको समाजका महासचिब सचिन आचार्यले बताउनुभयो ।
चालिसेले बाग्लुङ समाज जापानको सचिव हुँदै उपाध्यक्षको रुपमा सफल कार्यकाल ब्यतित गर्नुभएको थियो । भने समाजको आयोजनामा भएको प्रथम रनिङ कप भलिबल प्रतियोगिताको कार्यक्रम संयोजकको भुमिका समेत निर्वाह गर्नुभएको थियो ।
बाग्लुङ समाज जापानद्वारा हालै सम्पन्न तेश्रो रनिङ कप भलिबल प्रतियोगिताको अवसर पारी चलिसेलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

(2).gif)
