मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

टोकियोमा मे २२ तारिख सोमवार प्रथम एनआरएनए रनिङ कप पुरुष भलिबल प्रतियोगिता हुँदै

गण्डकी पोष्ट बैशाख १५, २०८० शुक्रबार
  • 560
    SHARES
  • टोकियोमा मे २२ तारिख सोमवार प्रथम एनआरएनए रनिङ कप पुरुष भलिबल प्रतियोगिता हुँदै

    ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद’ भन्ने मूल नाराका साथ जापानको राजधानी टोकियोमा प्रथम एनआरएनए रनिङ कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । नेपालको राष्ट्रिय खेल भलिबललाई विदेशमा पनि प्रवर्द्धन गर्ने मूल उद्देश्य सहित ‘प्रथम एनआरएनए रनिङ कप भलिबल प्रतियोगिता २०२३’ हुने भएको हो ।

    images

     

    एनआरएनए जापानले विदेशमा खेलकुदको माध्यमले एक आपसमा भाइचारासमेत बढाउने हुँदा प्रतियोगिता आयोजना गर्न लागेको एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले बताउनुभयो । प्रतियोगिता मे २२ तारिख सोमबार टोकियोको ‘Shinjuku Cosmic center’ मा हुने बताईएको छ ।

     

    भलिबल प्रतियोगिताको संयोजकको जिम्मेवारि एनआरएनए जापानका केन्द्रीय सदस्य रामबहादुर थापा (काजी) दिइएको छ । उहाँले  यसअघि पनि गलकोट समाजमा रहँदा विभिन्न समयमा यस्ता प्रतियोगिताहरू आयोजना गरी सफलता पूर्वक सम्पन्न गरिसक्नु भएको छ । भलिबल खेलका खेलाडी समेत रहनुभएका थापाले एनआरएनए जापानद्वारा पहिलो पटक 

    आयोजना गर्न लागेको यो प्रतियोगिता सबैको सहयोगमा सफलता पूर्ण सम्पन्न गर्न आफू लागिपर्ने बताउनुभयो ।  

    नेपाल भलिबल संघ जापान शाखाका उपाध्यक्ष तथा प्रतियोगिताका खेल संयोजक समेत रहनुभएका  भलिबल खेलाडी वसन्त थापाकाअनुसार प्रतियोगितामा विजेता टिमले ३ लाख ५३ हजार ५ सय ३५ येन, मेडल, प्रमाणपत्र र उपविजेता टिमले २ लाख ५२ हजार ५ सय २५ येन, मेडल, प्रमाणपत्र प्राप्त गर्नुका साथै खेलमा वेस्ट प्लेयर, वेस्ट स्पाई कर, वेस्ट सेटर, वेस्ट क्युकर, वेस्ट डिफेन्डर र वेस्ट कोच गरी ६ वटा विधामा उत्कृष्ट छनौट गरी पुरस्कार वितरण गरिनेछ समेत जनाईएको छ ।

    प्रतियोगितामा समावेश हुनका लागि दर्ता शुल्क ४० हजार  येन निर्धारण गरिएको र प्रतियोगिता बिहान ९ बजेबाट बेलुकी ६ बजे सम्म रहने जानकारी गराउँदै सम्पूर्ण खेलप्रेमीहरुलाई खेलमा समावेश हुन एनआरएनए जापानका प्रवक्ता सुवास लामिछानेले अनुरोध गर्नुभएको छ ।  प्रतियोगिता नेपाल भलिबल संघ जापानको समन्वयमा हुने बताइएको छ ।

    IMG_2202.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार