मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

जापानको एचएसबी कम्पनी र बीजी फुटवल एकेडेमीबीच स्पोन्सर सम्झौता

गण्डकी पोष्ट पौष ६, २०७९ बुधबार
  • 352
    SHARES
  • जापानको एचएसबी कम्पनी र बीजी फुटवल एकेडेमीबीच स्पोन्सर सम्झौता

    टोकियो । नेपालको फुटवलको विकासको लागि एचएसबी जापान कम्पनी र बीजी फुटवल एकेडेमीबीच स्पोन्सर सम्झौता सम्पन्न भएको छ । 

    images

    मंगलवार टोकियोको एसियन बार याताईमुरामा एक कार्यक्रमको बीच एचएसबी र एकेडेमीबीच स्पोन्सर सम्झौता भएको हो । 
    नेपालको पूर्व राष्ट्रिय खेलाडी तथा जापानमा समेत फुटवल प्रशिक्षकको रूपमा रहेका बसन्त गौचनले नेपालको पोखरामा संचालनमा ल्याएको बिजी फुटवल एकेडेमीलाई सुरुमा ३ वर्षको लागि सहयोग गर्ने र उक्त स्कुलमा सिक्न आउने २ जना गरीब तथा जेहान्दार विद्यार्थीलाई सम्पूर्ण खर्च प्रदान गर्ने गरि सम्झौता भएको एचएसबी जापानका अध्यक्ष बिनोद शेरचनले  बताउनु भयो । 
    कार्यक्रममा एकेडेमीको बारेमा जानकारी गराउदै बिजी फुटवल एकेडेमीका अध्यक्ष बसन्त गौचनले जापानवासी नेपाली अग्रजहरुको साथ सहयोगले नेपालको फूटवल खेलाडी साना-साना नानीबाबुहरुलाई ठुलो राहत मिलेको बताउनु हुँदै ब्यावसायी रूपमै फुटवललाई अगडी बढाउन सकिने बताउनु भयो । 
    सम्झौता कार्यक्रममा रकमको एकिन स्पोन्सर नखुलाए पनि वार्षिक ९ लाख सहयोग हुने एचएसबी जापानका अध्यक्ष बिनोद गौचनले जानकारी दिनुभयो ।
    कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष शिबप्रसाद पौडेल, नेपाली ब्यवसायी संघ जापानका अध्यक्ष विजय थकाली, एनआरएनए एशिया प्याशिफिकका उप-संयोजक ददिवल खड्का, नेपाल पत्रकार महासंघका अध्यक्ष शान्त पहरी, महासंघका संस्थापक अध्यक्ष तिलक मल्ल, महासंघका सचिव राजन गौतम, नेपाल जापान चेम्बरका अध्यक्ष वलराम श्रेष्ठ, थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धी गौचन, तमु धीं जापानका अध्यक्ष रमेश गुरुङ, पूर्व राष्ट्रिय भलिवल खेलाडी श्री गुरुङ, दोलखा समाजका अध्यक्ष महेश खड्का, एनपिओ फुटवल प्रोजेक्टका वरिष्ठ उपाध्यक्ष ओम प्रकाश गौचन, समाजसेवी शरद गौचन लगाएत जापानी नागरिकको समेत उपस्थिति रहेको थियो । 
    पत्रकार गणेश खनियाले सहजीकरण गरेको उक्त कार्यक्रममा एचएसबी जापानका अध्यक्ष बिनोद गौचनले सबैलाई धन्यवाद दिदै समापन गर्नु भएको थियो ।

    undefinedundefinedundefinedundefinedundefined

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार