कतारमा जारी फिफा विश्वकप फुटबलमा जापान अन्तिम १६ मा प्रवेश गरेको छ । समूह 'ई'को अन्तिम खेलमा स्पेनलाई २-१ गोलको नतिजामा पराजित गर्दै जापान फिफा विश्वकपको नकआउटमा पुगेको छ। अन्तिम खेलमा जापानसँग पराजित भए पनि स्पेनले समूहको उपविजेताको हैसियतमा अन्तिमा १६ मा स्थान बनाएको छ।
पहिलो खेलमा कोस्टारिकालाई ७-० ले पराजित गरेको स्पेनले दोस्रो खेलमा जर्मनीसँग १-१ गोलको बराबरी खेलेको थियो। सोही कारण जर्मनीलाई गोलअन्तरमा पछाडि पार्दै स्पेनले अन्तिम १६ मा स्थान बनायो।
बिहीबार राति खलिफा अन्तर्राष्ट्रि रंगशालामा भएको खेलको ११औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा आक्रामक शैलीमा मैदानमा उत्रिएको जापानका लागि ४८औं मिनेटमा रित्सु डोअनले बराबरी गोल फर्काएका थिए।
त्यसको तीन मिनेट नबित्दै टनाकाले गरेको गोलसँगै जापानले अग्रता लिएको थियो। सोही अग्रता जोगाउँदै जापानले शानदार जितसहित अन्तिम १६ मा स्थान बनाएको हो। समूह विजेता बनेको जापानले क्वार्टरफाइनल प्रवेशका लागि समूह एफको विजेता उपविजेता क्रोएसियासँग खेल्ने छ।
सन् १९९८ बाट विश्वकपमा सहभागिता जनाउन थालेको जापान चौथो पटक नकआउट चरणमा पुगेको हो। यो अघि सन् १९९८, २००६ र २०१४ मा भने समुह चरणबाटै बाहिरिएको थियो।
(2).gif)
