मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

एमसिसी पारित भएलगत्तै विप्लवले बढाए सक्रियता

गण्डकी पोष्ट फाल्गुण १९, २०७८ बिहीबार
  • 567
    SHARES
  • एमसिसी पारित भएलगत्तै विप्लवले बढाए सक्रियता

    एमसिसीविरुद्ध विभिन्न ६ वामपार्टी र दुई मोर्चाका साथ संघर्षमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजनीतिक सक्रियता बढाएका छन् । गत आइतबार प्रतिनिधिसभाले अमेरिको सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)लाई व्याख्यात्मक घोषणासहित पारित गरेपछि विप्लवले सक्रियता बढाएका हुन्

    images

    जनस्तरमा व्यापक चासो रहेको र विरोध भइरहेको एमसिसीलाई संसदले अनुमोदन गरेसँगै विप्लवलगायतले विरोधी धारको नेतृत्व गरिरहेका छन् । एमसिसी राष्ट्रघाती रहेको भन्दै संसदमा टेबल गर्नुअघिबाटै आन्दोनमा उत्रिएको वाम पार्टीहरुको समूहले आन्दोलनलाई प्रभावकारी बनाउन पहल थालेको छ । 

    सत्तारुढ दलहरुबीच लामो रस्साकस्सीका बीच गठबन्धन जोगाउने गरी व्याख्यात्मक घोषणाको सहारा लिइएको भए पनि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीमा असन्तुष्टि बढेको छ । माओ‌वादी केन्द्रमा नेता नारायणकाजी श्रेष्ठ पक्षले र एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनालले विरोध गरिरहेका छन् । 

    त्यस्तै, एमसिसी पारित गर्ने समयमा बेल घेरेर बसेको नेकपा एमालेका नेता भीम रावल पनि एमसिसीको विपक्षमा उभिएका छन् । यस्तोमा नेकपाका महासचिव विप्लवले आफ्नो सक्रियता बढाएका छन् । 

  • सम्बन्धित विषय:

  • # https://gandakipost.com/posts/78
  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार