मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

गल्कोट स्पोर्टस क्लब टोकियोको चौथो अधिवेशन सम्पन्न,अध्यक्षमा डिलाराम निउरे निर्विरोध निर्वाचित

गण्डकी पोष्ट पौष ७, २०७८ बुधबार
  • 349
    SHARES
  • गल्कोट स्पोर्टस क्लब टोकियोको चौथो अधिवेशन सम्पन्न,अध्यक्षमा डिलाराम निउरे निर्विरोध निर्वाचित

    जापानमा रहेका गल्कोटे साथै सम्पूर्ण नेपालीहरूलाई खेलकुदप्रति जागरूप बनाउदै खेलकुदको प्रवर्द्धन र त्यससँग सम्बन्धित क्रियाकलाप गर्नका लागि आवश्यक योगदान पुर्याउने उद्देश्यले स्थापना गरिएको गल्कोट स्पोर्टस क्लब टोकियोको मंगलबार सम्पन्न चौथो अधिवेशनले डिलाराम निउरेलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।
    जापानमा रहेर पनि नेपाली खेलको संरक्षण सम्वर्धन र योगदान पुर्याउने ब्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको क्लवको सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दुर्गबहादुर खत्री उपाध्यक्षमा राज़ु बस्नेत र प्रकाश निउरे त्यसैगरि महासचिवमा हिमाल कंडेल, सचिवमा दिनेश थापा, दीपक सुबेदी विप्लव र सह सचिवमा हरी भण्डारी 
    कोषाध्यक्षमा रमेशकुमार खत्री, सह कोषाध्यक्षमा इश्वर बस्नेत, खेल संयोजकमा गणेश केसी र लेखा संयोजकमा जीवन गैरेलाई निर्विरोध निर्वाचित हुनुभयको छ 
    क्लबको निर्वाचित सदस्यहरूमा कुशल भण्डारी,दुर्गबहादुर थापा,जेम्स बस्नेत, अम्मरबहादुर खड्का (कृष्ण), नारायण थापा, सुरज केसी, अशिम बस्नेत र गोम बुढ़ाथोकी रहेको निर्वाचन समिति ले जानकारी गराउनु भयो 
    प्रमुख अथीति  मा गलकोट समाज का अध्यक्ष यम खत्री ले गर्नु भयको थीयो क्लबका संरक्षक समेत रहेका विशिष्ट अतिथि रत्नसिंह बस्नेतले आपसी सत्भाव भाईचाराको विकास गर्न क्लबले खेलमार्फ़त खेलेको भूमिकाले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवर्द्धनमा समेत योगदान पुर्याएकोले आगामी दिनमा सहकार्य र समन्वयात्मक रूपमा थप कार्य गर्न आग्रह गरे 
    कार्यक्रममा बोल्ने वक्ताहरूले कर्मभूमिमा रहेर पनि आफ़नो जन्मभूमि र देशप्रतिको माया ममता र एक असल नागरिक हुनुको नाताले खेलका माध्यमबाट पुरा गरेको कर्तव्यले आउने पुस्तालाई प्रेरणा र हौसला मिल्ने भएकोले व्यवस्थित योजनामार्फ़त सशक्त ढंगले कार्यक्रम संचालन गर्नको लागि आग्रह गर्नुभयो
    यसरी अधिवेशनमा बोल्ने वक्ताहरूमा क्लबका सल्लाहकार तथा ग़ैर आवासीय नेपाली संघका आइसीसी सदस्य नरबहादुर थापा, सल्लाहकार विजय भण्डारी ,हिराबहादुर शेरचन  र NRNA जापान कान्तोका अध्यक्ष दीपेस केसी रहनूभयको थियो।
    क्लबको सो अधिवेशनमा सचिव राजु बस्नेतले प्रगति प्रतिवेदन र कोषाध्यक्ष बुद्ध बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए 

    images

    कार्यक्रम क्लबका अध्यक्ष लक्ष्मण कार्कीको अध्यक्षता र सदस्य दिनेश थापाको संचालनमा सम्पन्न भएको थियो ।स्वागत मन्तब्य दीपक सूबेदी बिप्लब ले दीनुभयको थीयो ।
    जापानमा विभिन्न पेशा ब्यावसाय अध्ययन र रोजगारीका लागि रहेका नेपाली समुदायमा रहेका खेलाडीको संरक्षण र नेपालको राष्ट्रिय खेल भलिबलप्रति चासो र क्रियाशील बनाई राख्न आफ्नो स्थापनाकालदेखि हरेक बर्ष मैत्रीपुर्ण भलिबल प्रतियोगिता आयोजना गर्दै आईरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार