बुधबार, भाद्र ३१ गते २०८३ Wednesday, 16 Sep, 2026
Follow Us on

कोजाग्रत पुर्णिमा महालक्ष्मीको आरधना गरी मनाइयो

गण्डकी पोष्ट कार्तिक ३, २०७८ बुधबार
  • 348
    SHARES
  • कोजाग्रत पुर्णिमा महालक्ष्मीको आरधना गरी मनाइयो

    महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडादसैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्षअर्थात् बडादसैँ पर्वको अन्तिम दिन मङ्गलबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि समापन भएको छ ।

    images

    शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्तिअर्थात् अखिल बलिपूर्तिको काम पनि मङ्गलबार नै समाप्त भएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम पनि एक वर्षका लागि सकिएको छ ।

    मङ्गलबार राति नै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइएको छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गा पक्षअर्थात् दसैँपर्व आमनेपालीले आ–आफ्नो गच्छेअनुसार मनाउँछन् । 


    आश्विन शुक्ल पूर्णिमाको  सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएकोे धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउछन् ।


    नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । कार्तिक कृष्ण औँसीका दिन मनाइने लक्ष्मीपूजाको १५ दिन अघि महालक्ष्मीको आराधना गरिने भएकाले यस पर्वको विशेष महत्व छ । 

  • सम्बन्धित विषय:

  • # https://gandakipost.com/posts/66
  • # https://gandakipost.com/posts/78
  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार