बुधबार, भाद्र ३१ गते २०८३ Wednesday, 16 Sep, 2026
Follow Us on

वर्षाका कारण कर्णालीका विभिन्न ठाउँमा क्षति

गण्डकी पोष्ट कार्तिक ३, २०७८ बुधबार
  • 155
    SHARES
  • वर्षाका कारण कर्णालीका विभिन्न ठाउँमा क्षति

    आइतबारदेखि लगातार भइरहेको वर्षाका कारण कर्णालीका पनि विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ।

    images


    वर्षाका कारण आएका पहिराले मानवीय क्षति भएको छ भने कर्णाली राजमार्ग अवरूद्ध भएको छ।

    कालीकोटको महाबै गाउँपालिका(७ राम्नीमा पहिरोले एक घरमा पूर्ण रूपमा क्षति पर्‍याएको छ।

    स्थानीय विष्णुलाल अधिकारीको घरमा माथिबाट पहिरो खस्दा पूर्ण रूपमा क्षति पुगेको हो।

    पहिरोमा परी उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको छ। दाहिने खुट्टा च्यापिएकी ११ वर्षकी अर्की छोरीको भने उद्दार गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

    यस्तै, सोही ठाउँ नजिकका पाँच वटा घरमा आंशिक क्षति पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधव श्रेष्ठले जानकारी दिए।

    गाउँमा अरू ६० घर पहिरोको जोखिममा भएकोले परिवारलाई अन्यत्र सुरक्षित स्थानमा सारिएको उनले बताए। एसएसपी श्रेष्ठका अनुसार ६० घरका करिब साढे दुई सय मानिसलाई सुरक्षित स्थानमा सारिएको हो।

    उनीहरूलाई राम्नीमै रहेको राम माध्यमिक विद्यालय र स्वास्थ्य इकाईमा सारिएको हो।


    उक्त स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रसको टोली राहत र औषधि लिएर गएको उनले जानकारी दिए।

    नेपाल प्रहरीको तर्फबाट १० वटा टेन्ट पनि त्यहाँको लागि व्यवस्थापन गरिएको छ।

    जुम्लामा एक महिला बेपत्ता

    वर्षाका कारण जुम्लाको हिमा नदीमा आएको बाढीमा परी एक जना महिला बेपत्ता भएकी छन्। जिल्लाको हिमा गाउँपालिका(६ की ३३ वर्षीया रन्न शाही आज बिहानदेखि बेपत्ता रहेको एसएसपी श्रेष्ठले जानकारी दिए।

  • सम्बन्धित विषय:

  • # https://gandakipost.com/posts/66
  • # https://gandakipost.com/posts/78
  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार